काठमाडौं। चर्चित ई–लर्निङ् प्लेटफर्म माई सेकेण्ड टिचरले ई–लर्निङ् भिडियोहरुमा अभिनय गर्नका लागि प्रतिभाशाली कलाकारहरुलाई आमन्त्रण गरेको छ। विश्वभरका विद्यार्थी, शिक्षकद्वारा प्रयोग गरिने माई सेकेण्ड टिचरको ई–लर्निङ् भिडियोहरुमा शिक्षक र विद्यार्थीको भूमिका निभाउनलाई सेकेण्ड टिचरले अडिसन आव्हान गरेको हो। अडिसनबाट २० कलाकार छनोट गरी १० जनालाई भिडियोहरुमा अभिनय गर्ने अवसर दिइनेछ।