मानवअधिकार तथा शान्ति समाजले विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय दिनुपर्ने माग गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय शीघ्र खारेज गर्नुपर्ने, कैद सजाय माफी गर्नसक्ने अधिकारको दुरुपयोग …