चिसोले खोलानाला र धाराको पानी जम्दा कष्टकर बन्यो मुस्ताङको जनजीवन

पर्वत : गर्मी याममा सामान्य जनजीविका हुने मुस्ताङमा जाडोको याम भने प्रतिकूल हुने गरेको छ। मंसिर, पुस र माघ महिनामा तापक्रम माइनसमा पुग्दा बग्दै गरेका खोला र धारामा झर्दै गरेको पानी जमेर सिसा जस्तै बन्छ।हिमाली जिल्ला मुस्ताङका बस्तीहरू कोही हिमालकै काखमा छन् त कोही हिमालको सम्मुखमा। चिसोकै कारण हिमताल पनि जमेका हुन्छन्। चिसो याममा पहाडी क्षेत्रमै जनजीविका कष्टकर बनेको हुन्छ। हिमाली क्षेत्रको अवस्था सहज हुने त कुरै भएन। स्थानीय बासिन्दाका अनुसार केही दिनयता अत्यधिक चिसो बढेपछि धारा, खोला, ताल