महालेखाको प्रतिवेदनले औँल्याएको अनियमितता आफूले नमान्ने मुख्यमन्त्री राउतको जिकिर छ । 'महालेखाको प्रतिवेदन हावादारी हो । सुशासनको कुरा गर्ने व्यक्तिले यस्ता कुरा सहँदैन । प्रदेशभित्रै सुशासन कायम गर्ने उद्देश्यले हामीले जनलोकपाल आयोग गठन गरेका हौं,' राउतले भने ।