दाङ : सिकलसेल एनिमिया वंशानुगत रोग हो। नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ। गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ। यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ। नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको विवाह गर्दा ‘सिकलसेल कुण्डली’ मिलाउनु नै रहेको तुलसीपुर उपमहानगरका उपप्रमुख श्यामी चौधरीले बताए। थारू समुदायमा देखिएकाले यो रोग नयाँ पुस्तामा नसार्नका लागि विवाह गर्