काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनर्जागरण गर्ने बताएका छन्। काठमाडौं महानगरको २८औँ महानगर दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनर्जागरण गर्न लागेको बताए। उनले उपत्यकाभित्रा डबलीलाई जनचेतनामूलक कार्यक्रम गर्न प्रयोग गरिने बताए। उनले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदालाई पुनर्जागृत गराउनुपर्नेमा जोड […]