लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी सवारीसाधन चलाउने तीन चालकलाई नियन्त्रणमा लिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि आज गरिएको लापसे चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा एक मिनी ट्रक चालक, एक पिकअप चालक र एक विद्युतीय (इभी) हाइस चालक छन् । […]