काठमाडौं : इटहरी उपमहानगरपालिकामा अब घरमै बसेर कर तिर्न सकिने भएको छ। माेवाइलबाट सम्पति कर, व्यवसायिक कर, बहाल कर तिर्न सकिने भएको हो। शुक्रबार बिहान नगरप्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरे।घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहेकी उपप्रमुख लक्ष्मी गौतमले पनि आजै कर भुक्तानी गरेकी छिन्। शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले इटहरी उपमहानगरपालिकालाई पेपरलेस बनाउने अवधारणा अन्तर्गत अनलाइनबाटै कर तिर्ने सेवा सुरू गरिएक