कडा सुरक्षाकाबीच रातो मच्छिन्द्रनाथको मूर्ति बुङ्मती लगियो, यस वर्षको रथ जात्रा सम्पन्न

काठमाण्डाै – रातो मच्छिन्द्रनाथको मूर्तिलाई आज ललितपुरको बुङ्मती लगिएको छ । कडा सुरक्षा घेराकाबीच बुधावर दिउँसो २ बजेर ५० मिनेटमा मूर्तिलाई खटमा राखेर बुङ्गमती लगिएको हो । यसअघि बिहान ६ बजेर ४० मिनेटको साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई रथमा ओराल्ने साइत रहेकोमा प्रतीकात्मक रूपमा रथ हल्लाइएको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिनुभयो । विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीतर्फ लगिएको ह...

सम्बन्धित सामग्री

मच्छिन्द्रनाथको रथ जात्रा सुरु (फोटो फिचर)

शनिबारदेखि रातो मच्छिन्द्रनाथ यात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई गत बिहीबार रथारोहण गरिएको हो।

रातो मछिन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरू)

काठमाडौं । आजदेखि रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । ललितपुरको पुल्चोकबाट रथ तान्न सुरु गरिएको हो । हरेक वर्ष वैशाख शुक्ल तृतियाको दिनदेखि ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ । हजारौँ मानिसहरूको उपस्थितिमा बाजागाजासहित पुल्चोकबाट तानेको रथ आज पाटनको गाहाबाल पुर्‍याइएको छ । वर्षाको देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथ रथ जात्रा सबै भन्दा...