दिक्तेल बजारमा वृहत् लाखे नाच प्रदर्शन

खोटाङको दिक्तेलबजारमा वृहत् लाखे नाच प्रदर्शन गरिएको छ । जिल्ला सदरमुकाममा दिक्तेलबजार सामाजिक गुठीको आयोजनामा शनिबार विभिन्न ठाउँको लाखे नाच प्रदर्शन गरिएको हो ।

सम्बन्धित सामग्री

बेनी सुरु भयो लाखे नाच

बेनीका युवाहरूको सक्रियतामा लाखे नाच प्रदर्शन सुरु गरिएको छ । नवार समुदायको बर्खे नाचअन्तर्गत पर्ने परम्परागत लाखे नाच नागपञ्चमीका दिनदेखि देखाउन थालिएको छ ।

लाखे नाच र नेवार जातिको संस्कृति (भिडियोसहित)

काठमाडाैं । काठमाडाैंकाे बसन्तपुरस्थित शनिबारमा नेवार समुदायहरुले प्रदर्शन गरेको लाखे नाच । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई […]

तीन दशकपछि काठमाडौंमा फर्कियो मैति लाखे नाच !

काठमाडौं । गत शनिवार भदौरे झरी परिरहेका बेला काठमाडौंको मैतिदेवी मन्दिरअगाडि विक्रम शाहीसहित अन्य यूवाहरु लाखे नाच प्रदर्शनीको तयारी गर्दै थिए । तीमध्ये कोही ड्रम बजाउँदै थिए त कोही भुस्या । लाखे नाचमा ड्रम र भुस्या बजाउने गरिन्छ ।  लाखे नाच प्रदर्शन गर्ने टोलीमा रहेकामध्ये जिजस शाही दोस्रो पटक लाखे बन्दै थिए भने  झ्यालिन्चा विशाल खड्गी थिए ।  त्यसको केही समयपछि मैति लाखे नाच प्रदर्शन गरियो । लामो समयदेखि बन्द भएको उक्त नाच देखेर स्थानीय दंग बने ।  स्थानीय तथा लाखे नाचसम्बन्धी जानकार एवं नाच सञ्चालनका लागि खटिएका (कृष्ण) निरव शाहीका अनुसार यो नाच २०५० सालतिर बन्द भएको थियो । यस आधारमा उक्त नाच बन्द भएको तीन दशक भइसकेको छ । आर्थिक भार र नाच निकाल्न चाहिने जनशक्ति नहुँदा त्यतिबेला उक्त नाच बन्द भएको जानकार बताउँछन् ।  तर, मैतिदेवी परिसरका स्थानीय युवा र अग्रज तथा स्थानीय मैतिदेवी युनाइटेड क्लबको जमर्काेमा र केही दातृ निकायहरूको आर्थिक सहयोगमा यो वर्ष उक्त नाच फर्किएको छ । यही भदौ ४ गते (नाग पञ्चमी)देखि शुरु भएको उक्त नाच जारी छ । नाच शुरु हुनुअघि ललितपुरबाट बनाइएको लाखे मुकुटको विधिअनुसार तान्त्रिक पूजा गरिएको थियो । उक्त नाचमा झुमेको छ काठमाडौं । नाच यही भदौ २० गते (कृष्ण अष्टमी)मा लाखेको वधसँगै  समापन हुनेछ ।  यो वर्ष लाखे नाच प्रदर्शनका लागि १० जना र बाजा बजाउनका लागि अन्यले प्रशिक्षण गरेका छन् । उनीहरूलाई असनका अनुप खड्गीले नाच तथा बाजा प्रशिक्षण दिएका हुन् ।  नाच सञ्चालनका लागि खटिएका स्थानीय अगुवा शाहीले आगामी वर्षमा पनि नाचलाई निरन्तरता दिने बताए ।  नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छन् । तीमध्ये प्रायः नाच देवीदेवताका हुन्छन् । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठमाडौंमा देखाइन्छ ।

नेवार समुदायको लाखे जात्रा सुरु

खोटाङ, ५ भदौ । नेवार समुदायको प्रमुख चाड लाखे जात्रा सोमबारबाट औपचारिकरुपमा सुरु भएको छ । नेवार समुदायको घनाबस्ती रहेका ठाउँमा हरेक वर्ष मनाइने लाखे जात्रा अन्तर्गत खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सोमबार दिनभर लाखे नाच प्रदर्शन गरियो । पछिल्लो एक वर्षमा मृत्यु भएका दिवङ्गत आफन्तको सम्झना गर्दै मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व […]

दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच

म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करिब तीन सय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये …

२५० वर्षदेखिको लाखे नाच प्रदर्शन

गलेश्वर – म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करिब तीनसय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार […]

दुई सय ५० वर्षदेखि एउटै मुखौटोमा लाखे नाच प्रदर्शन

म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मुखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । नागपञ्चमीको दिनदेखि बेनीमा सो मुखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करिब तीनसय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीको दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैला

बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन

म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ ।

बेनीमा लाखे नाच सुरु

म्याग्दी । म्याग्दीको बेनीमा साढे दुई सय वर्षदेखि देखाइँदै आएको लाखे नाचको प्रदर्शन सुरु भएको छ । करिब तीनसय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा लाखे नाच पनि देखाउने गरिन्छ । घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति […]

फुङ्लिङ बजारमा लाखे नाच

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा लाखे नाच प्रदर्शन गर्दै स्थानीय नेवार समुदाय । तस्बिरः दिलकुमार लिम्बू/रासस