म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मुखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । नागपञ्चमीको दिनदेखि बेनीमा सो मुखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करिब तीनसय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीको दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैला