काठमाडौँ : यतिखेर बाँके जिल्लामा दादुरा संक्रमण फैलिएको छ। पछिल्लो विवरणअनुसार हालसम्म ३६ जनाभन्दा बढी बालबालिकामा दादुरा संक्रमण देखिइसकेको छ। दादुरा संक्रामक रोग हो जुन मिजल्स भाइरसबाट हुने गर्दछ।यो रोग श्वासप्रश्वासको माध्यमबाट सर्छ। आमाबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमताले शिशुहरूलाई ६ देखि ९ महिनासम्म दादुरा लाग्नबाट बचाउँछ। दादुरा भाइरसले शरीरको बाहिरी छाला र भित्री पत्रमा संक्रमण गर्छ‚ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ। दादुराका जीवाणु (भाइरस) ले