काठमाडौं। जसपा नेता लक्ष्मणलाल कर्णले हिजो लिइएको स्वाब परीक्षणमा कोरोना भएको रिपोर्ट आएपनि अहिलेसम्म कुनै लक्षण नदेखिएको बताएका छन्। उनी अहिले घरमै आईसोलेसनमा बसेको देखापढीलाई बताए। उनले भने,“रिपोर्ट पोजेटिभ आएपछि म घरमै सुरक्षित रुपमा बसेको छु। लक्षण भने अहिलेसम्म केहि पनि छैन।”