काममा फर्किए वीपीका आन्दोलित कर्मचारी

विराटनगर- एक महिनादेखि आन्दोलित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन् । शुक्रबारको प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ म...

सम्बन्धित सामग्री

काममा फर्किए वीपीका आन्दोलित कर्मचारी

विराटनगर- एक महिनादेखि आन्दोलित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक कर्मचारी काममा फर्किएका छन् । रोकिएको बढुवा प्रक्रियाको अन्तर्वार्ता ६ फागुनबाट सञ्चालन गर्न कामु उपकुलपति प्रह्लाद कार्की सहमत भएपछि शिक्षक कर्मचारी आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन् । शुक्रबारको प्रतिष्ठानको कार्यकारिणी समिति बैठकले ६ म...

कानूनले नमिल्ने काममा राष्ट्रिय बीमा कम्पनीका कर्मचारीको दबाब

काठमाडौं। राष्ट्रिय बीमा कम्पनीका कर्मचारीले कानूनले नमिल्ने काममा व्यवस्थापनलाई दबाब दिँदा कम्पनीको काम प्रभावित भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले काम गर्न पाएका छैनन् ।  कर्मचारी सेवा शर्त विनियमावली २०७४ को पूर्ण कार्यान्वयन नभएको भन्दै कर्मचारीहरू साउन १ गतेदेखि आन्दोलनमा छन् । सीईओ शेखर बराल भने कर्मचारी सेवा शर्त विनियमावली २०७४ कार्यान्वयनको लागि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य हुने बताउँछन् । ‘नियम, कानूनअनुसार आर्थिक व्ययभार हुने कुरा अर्थ मन्त्रालय पठाउनुपर्छ । तर, कर्मचारीको माग उक्त विनियमावली अर्थ मन्त्रालय नपठाई कम्पनी सञ्चालक समितिबाटै पास गर्नुपर्छ भन्ने छ । त्यसैले कानूनसम्मत रूपमा उक्त माग पूरा गर्न सम्भव छैन,’ उनले भने ।  बरालका अनुसार २०७४ मा बनेको कर्मचारी सेवा शर्त विनियमावली कम्पनीले कार्यविधि बनाएर बोर्डबाट पारित पनि गरेको छ । तैपनि कार्यान्वयन गर्न अर्थ मन्त्रालयको स्वीकृति चाहिन्छ । सञ्चालक समिति कम्पनीलाई आर्थिक व्ययभार हुने विषय अर्थबाटै स्वीकृत हुनुपर्छ भन्नेमा स्पष्ट रहेको पनि उनले बताए । ‘कर्मचारीले विनियमावलीमा उल्लेख भएको सेवासुविधा पाउनुपर्छ । उहाँहरूको माग जायज हो र पनि अर्थ मन्त्रालयबाट स्वीकृत नगरी यहाँबाट लागू गर्न सम्भव छैन,’ उनले भने । सीईओ बराल कर्मचारीले आन्दोलन शुरू गरेपछि आफू नियमित काममा जान नसकेको बताउँछन् । ‘कम्पनीको नियमित काममा सीईओको ठूलो भूमिका हुन्छ तर म कम्पनी जान नसक्दा ती काम प्रभावित भएका छन्,’ उनले भने । २०७१ सालमा सरकारले एउटै संस्थाले जीवन र निर्जीवन बीमा व्यवसाय गर्न नपाउने व्यवस्था गरेपछि राष्ट्रिय बीमा संस्थानलाई विभाजन गरेर राष्ट्रिय बीमा कम्पनी खोलिएको हो । त्यसयता राष्ट्रिय बीमा संस्थानले जीवन र राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा व्यवसाय गर्दै आएका छन् । निर्जीवन बीमाका लागि स्थापित राष्ट्रिय बीमा कम्पनीले कर्मचारी सेवा शर्त विनियमावली २०७४ ल्याए पनि कार्यान्वयन भएको छैन ।  आन्दोलित कर्मचारीका अनुसार नेपाल वित्तीय संस्था कर्मचारी संघ र राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघले गएको असोज ४ गते कम्पनी व्यवस्थापनसमक्ष कर्मचारी सेवा शर्त विनियमावली कार्यान्वयन गर्नुपर्ने मागपत्र संयुक्त रूपमा पेश गरेको थिए ।  राष्ट्रिय त्यसपछि कम्पनीले उपसमिति गठन गरी छलफलपश्चात् २०८० साउन १ गतेबाट पूर्ण कार्यान्वयनमा ल्याउने सहमति गरे पनि कार्यान्वयन भएको छैन ।  अर्थ मन्त्रालयका प्रतिनिधिको संयोजकत्वमा ट्रेड युनियनका प्रतिनिधिसमेत रहेको समितिको प्रतिवेदन कार्यान्वयनमा नआएपछि आन्दोलनमा उत्रिन बाध्य भएको कर्मचारी बताउँछन् । कर्मचारीले पहिलो चरणमा ज्ञापनपत्र दिने, ब्यानर टाँसेर विरोधको जानकारी दिने र दोस्रो चरणमा कालो पट्टी बाँधेर प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा विरोध गर्ने कार्यक्रम गरिरहेका छन् । उनीहरू तेस्रो चरणको आन्दोलनको तयारीमा छन् । ‘हामीले ६ वर्षदेखि विनियमावलीभित्रै भएको सेवासुविधा पाएका छैनौं । उक्त विषय व्यवस्थापनले नै बुझेर अघि बढ्नुपर्ने हो,’ आन्दोलित एक कर्मचारी भन्छन्, ‘हामीले विनियमावलीले दिएको सेवासुविधा मागेका छौं । अधिकारबाट वञ्चित भएर अन्यायमा परेसँगै आन्दोलित हुन बाध्य भएका छौं ।’ मागको पूर्ण कार्यान्वयन नभएसम्म काम गर्ने वातावरण नबन्ने पनि उनीहरूको भनाइ छ ।

पालिका अध्यक्षका छोराले कार्यालयमै कर्मचारी कुटेपछि कर्मचारी काम छाडेर आन्दोलनमा

रुपन्देही । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कार्यालयमै कर्मचारीलाई हातपात गरेपछि यहाँका सबै कर्मचारीले काम छाडेर आन्दोलित भएका छन् । उनीहरूले कार्यकक्षमै अनुचित कामको दबाब दिँदै कर्मचारीमाथि हातपात भएको अवस्थामा पीडकलाई कारबाही नहुँदासम्म काममा नफर्कने जनाएका छन् । अध्यक्षका छोरा मिलन माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष हुन् । बुधबार दिउसो […]

पुराना कर्मचारी हटाएर नयाँलाई तालिम दिन थालिएपछि विरोध

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडका एक सय ५१ जना कर्मचारीलाई हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारीहरू आन्दोलित भएका छन्। ज्यालादारीमा काममा खटाउने भनिएका पुराना कर्मचारीलाई हटाएर नयाँ ५५ जनालाई नियुक्त गरी आजदेखि जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरूले तालिम स्थलमै गएर विरोध जनाएका हुन्। नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाई जयनगर-कुर्था […]

विपी कोइराला स्वास्थ्य प्रतिष्ठानका कर्मचारी एकसातापछि काममा फर्किए

काठमाडौं, २७ भदौ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलित चिकित्सक तथा कर्मचारीहरु एकसातापछि काममा फर्किएका छन् । स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै आज आन्दोलनरत पक्षले उठाएका धेरै माग सम्बोधन गरिसकेको र केही विषयमा अनुसन्धान गरिरहेको भन्दै आन्दोलन फिर्ता गर्न आग्रह गरेपछि स्वास्थ्यकर्मीहरु काममा फर्किएका हुन् । आजैदेखि ओपिडी सहतिका अन्य सेवाहरु सुचारु भएका […]

प्राधिकरणसँगको वार्तापछि प्राविधिकहरु काममा फर्कन तयार

काठमाडौं, १३ असार । असार ११ गते सिंहदरबार घेराउ गर्दै आन्दोलनमा उत्रिएका राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा कार्यरत प्राविधिक कर्मचारी र प्राधिकरणबिच आज वार्ता भएको छ । प्राधिकरणसँग भएको सकरात्मक वार्ता पछि आन्दोलित प्राविधिकहरु काममा फर्कने भएका छन् । ओखलढुंगामा कार्यरत रहदाँ निधन भएका इन्जिनियर राजा साहको परिवारलाई बीमाको रकम उपलब्ध गराउन पहल गर्ने पनि सहमति भएको […]