राष्ट्रपतिमाथि नैतिक प्रश्न उठ्यो

संवैधानिक कानुनका ज्ञाताले संविधानतः आलङ्कारिक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसद्मा पुनः छलफलका लागि पठाउन सक्ने बताउनुभएको छ । तथापि अघिल्लो सरकारले यस्तै अध्यादेश जारी गर्दा राष्ट्रपतिबाट तत्काल जारी भएकाले उहाँमा नैतिक प्रश्न भने रहेको उहाँहरूले बताउनुभएको छ । संविधानविद् डा. भीमार्जुन आचार्य र डा. युवराज सङ्ग्रौलाले संविधानको संरक्षकका रूपमा राष्ट्रपतिले विधेयक संसद्मै फिर्ता पठाउन सक्ने बताउनुभएको हो । डा. आचार्यले भन्नुभयो, “व्यवस्थापिका संसद् वा कार्यपालिकाले गरेको कुनै विषय राष्ट्रको अहित र संविधानको अनुकूल भएन कि भन्ने लाग्यो भने त्यसमा भिन्न मत दिने र त्यसलाई फेरि फिर्ता पठाउने कुरालाई अन्यथा मान्न मिल्दैन । त्यो अधिकार राष्ट्रपतिलाई छ ।”

सम्बन्धित सामग्री

रविमाथि उठ्यो गम्भीर कानुनी, राजनीतिक र नैतिक प्रश्न

३१ भदौ, काठमाडौं । रवि लामिछानेले विगतमा मिडियामार्फत् उठाउने गरेका सुशासनका प्रश्नहरु कर्णप्रिय थिए । उनले सुशासनकै एजेन्डामा तीव्रगामी राजनीतिक छलाङ पनि मारे । तिनै लामिछाने आफैंले चर्को आवाजमा उठाउँदै आएको सुशासनकै परीक्षामा एक पटक …

निलम्बित मुख्य सचिवबारे सदनमा उठ्यो प्रश्न, मागियो प्रधानमन्त्रीको जवाफ (भिडिओ)

काठमाडौं । राप्रपाकी सांसद विना लामाले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्यालको नियुक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा जवाफ दिनुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको बैठक बोल्दै अवकाशको तीन दिन बाँकी रहेका व्यक्तिलाई मुख्यसचिव बनाएर राज्यलाई थप आर्थिक दायित्व बोकाउन नेतृत्व गर्ने प्रधानमन्त्रीलाई नैतिक प्रश्न हो कि होइन ? भन्दै प्रश्न गरिन् । त्यसबारे उनको […]

अर्थमन्त्रीमाथि राजीनामाको दबाब, पूर्वअर्थमन्त्रीहरू भन्छन्- नैतिक प्रश्न उठ्यो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेसँगै अर्थमन्त्री जनार्दन शर्मा नैतिक संकटमा परेका छन् ।

राष्ट्रपतिमाथि पनि उठ्यो नैतिक प्रश्न

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री केपी ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि नैतिक प्रश्न उठेको छ ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरि निर्वाचनको मिति घोषणा गरेको ६५ दिनपछि संवैधानिक इजलासले उक्त निर्णय बदर गरेको हो ।स...

‘प्रधानमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठ्यो’

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि …

सरकारमाथि गम्भीर नैतिक प्रश्न उठ्यो : एमाले

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको प्रस्ताव असफल भएपछि सरकारमाथि नै गम्भीर प्रश्न तेस्र्याएको छ ।