काठमाडौं, चैत ६ । ठूला परियोजनाहरूमा पुँजी जुटाउन स्थापना भएको लगानी बोर्डले हालसम्म ३० वटा परियोजनाका लागि १० खर्ब रुपैयाँ (८ अर्ब ४० करोड डलर) लगानी स्वीकृत गरेको छ । लगानी बोर्डका प्रवक्ता भगवान अर्यालका अनुसार जलविद्युत्, सिमेन्ट, उत्पादनमूलक उद्योग, गाडी उत्पादन, औद्योगिक पार्क, सडक, लजिस्टिकलगायतका परियोजनाका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको हो […]