गुल्मी : सुन्दा अचम्म लाग्न सक्छ मानिसले रुखमा घर बनाएर बसे भन्दा। तर गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्बेनी खर्कका ६७ वर्षीय ठानीश्वर न्यौपानेले रुखमा घर बनाएका छन्।आफूले लगाएको मकै खेती बाँदरबाट जोगाउन निकै मुस्किल भएपछि रुखमै घाम पानीबाट बच्नका लागि अस्थायी घर निर्माण गरेका हुन्। अग्लो रुखमा अस्थायी टहरा बनाएर बस्दा धेरै परसम्म बाँदर आएको देख्न सकिने भएकाले मकै खेती जोगाउन आफूले रुखमा घर बनाएको उनको भनाइ छ।आफू घरमा एक्लै भएको, दुई हलको बारीमा लगाएको खेती जोगाउन निकै कठि