काठमाडौं : यतिखेर बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री, अचाक्ली मूल्यवृद्धिको मार उपभोक्ताहरूले खेपिरहेका छन्। सरकारी तहबाट नियमित बजार अनुगमन गरेर कारबाही गरेको भए यी समस्याहरू हट्ने थिए।तर नियमित बजार नहुँदा व्यापारीहरूको रजाइँ छ। यता, सरकार भने जब चाडपर्व आउँछ त्यस समयमा मात्रै बजार अनुगमन गर्ने र त्यसबेला अनुगमन गरेका तस्वीरहरू सामाजिक सञ्जालमा हाल्ने गतिविधि मात्र गर्दै आएको छ। सरकारले बजार अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिए पनि