सल्यान : सल्यानमा चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय सल्यानले बजार अनुगमन शुरु गरेको छ। दशैं नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको अनुगमन बजार शुरु भएको छ।सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१ स्थित सल्लीबजारमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा ९ पसलबाट म्याद नाघेका र लेवल नभएका अनुमानित ३१ हजार ८ सय रूपैयाँ बराबरको उपभोग्य वस्तु नष्ट गरिएको उपभोक्ता हित सं