नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षबाट क्रियाशील सदस्यता वितरणमा चलखेल भएको निष्कर्ष निकालेको छ । बिहीबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको पौडेल समूहको बैठकले नवप्रवेशीका नाममा संस्थापन पक्षले हजारौं व्यक्तिलाई क्रियाशील सदस्यता बाँडिएको ठहर गरेको हो ।उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिको सिफारिसमा अन्य पार्टीबाट काँग्रेस प्रवेश गरेका केन्द्रीय नेताहरुलाई क्रियाशील सदस्यता दिने निर्णय भएको थियो । समायोजनका नाममा आएका क्रियाशील सदस