डोटी - डोटीको शिखर नगरपालिकाले खोप लगाउन छुटेका बालबालिकाहरुलाई सम्पर्कमा ल्याए पुरस्कार दिने घोषणा गरेको छ ।
नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्दै खोप लगाउन छुटेका बालबालिका ल्याए प्रति बालबालिका पाँच सय रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरिएकाे हो ।
निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेको दाबी गर्दै नगरपालिकाले कोही पनि बालबालिका खोपबाट वञ्चित नरहेको जनाएको छ ।
'हामीले अहिलेसम्म नगरका कुनै पनि बालबालिकाहरु खोप लगाउनबाट छुटाएका छैन...