महँगीको मार

नेपाल राष्ट्र बैंकले महँगी बढेको प्रतिवेदन दिएको तर उसको प्रतिवेदनभन्दा पनि बढी महँगी बढेको देखिन्छ । उपभोग्य वस्तुहरूमा अहिले बजारमा मनपरी नै छ । सरकारी निमयन र अनुगमन नाममात्रको छ । उनीहरूले प्रचारका लागि मात्रै अनुगमन गर्ने गरेका छन् जसले गर्दा बजारमा व्यापारीको मनोमानी चलेको छ । छिल्लो समय औषधि, दाल, खानेतेल, पाउरोटी, आटा चिनी, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्य अनुचित रूपमा बढ्न थालेको छ । सरकारले स्वास्थ्य मापदण्डमा कडाइसँगै उपत्यकाभित्र जोरबिजोर लागू गरेको मौका छोपि उद्योगीहरूले मूल्य बढाउन थालेका छन् । कोभिड शुरू हुनुभन्दा अगाडि (२०७७ को फागुनमा) भटमासको तेलको प्रतिलिटर खुद्रा मूल्य १४० रुपैयाँ रहेकोमा हाल बढेर २४० रुपैयाँ पुगेको छ । प्रतिलिटर १७५ रुपैयाँ रहेको तोरीको तेल (काँचो) को खुद्रा मूल्य हाल २६० रुपैयाँ र भुटेको तोरीको तेल २७० रुपैयाँबाट ३६० रुपैयाँ पुगेको छ । पछिल्लो एक साताको अवधिमा १० रुपैयाँदेखि २० रुपैयाँसम्म तेलको मूल्य बढेको छ । पटकपटक तेल तथा चिनीको मूल्य वृद्धि भइरहेको विषयमा आवाज उठाउँदै आए पनि सरकारी निकायबाट बेवास्ता हुने गरेको छ । बजार अनुगमनको नियामक निकायका रूपमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीहरू तेलको मूल्य बढ्नुको कुनै कारण नभएको भनेर पन्छिने गरेका छन् । उद्योगी तथा खुद्रा व्यवसायीले आफूखुशी मूल्य बढाएको पाइए हामी कारबाही गछौं भने पनि उनीहरूले कारबाही केही पनि गरेको पाइँदैन । अहिले राजनीतिक किचलो बढिरहेको र निर्वाचन पनि आउन लागेकाले बजारमा व्यापारीहरूले सामानको मूल्य बढाएका हुन सक्छन् । अब स्थानीय तहको निर्वाचन हुने भयो भने यो महँगी झनै बढेर जाने देखिन्छ । सोम कार्की हात्तीगौंडा, काठमाडौं ।

सम्बन्धित सामग्री

महँगीको मार : बैंकर द्वैपायन रेग्मीको विचार

एउटा सामान्य व्यक्तिलाई अहिले सामान्य जीवनयापन गर्न औसत मासिक १५ हजार जति चाहिन्छ । खाद्यान्न खरीद, बिजुली, पानी र इन्टरनेटको शुल्क, ग्यास र यातायात खर्च, बालबालिकाको शिक्षा र औषधोचारको खर्च, लत्ताकपडालगायत खर्च मात्र हिसाब गर्दा पनि उक्त रकम अपुग हुन आउँछ । अहिले तोकिएको न्यूनतम ज्याला करीब त्यही रकम हाराहारी नै रहेको छ । यो रकम यति कसिलो छ कि एक शीर्षकमा खर्च गर्दा १० चोटि विचार गर्नुपर्छ । न्यूनतम पारिश्रमिक उचित छ कि छैन भनेर नापिने मापदण्ड निर्माण भएको छैन । नेपालको बजार निकै महँगो छ । यसका तीन कारण प्रमुख छन् : आयस्रोत नबढ्नु, चर्को कर प्रणाली र व्यापारीलाई सधंै प्राथमिकता । आयस्रोत बढ्न रोजगारी बढ्नुपर्ने हुन्छ । उद्यमशीलता नै न्यून रहेको नेपालजस्तो मुलुकमा उत्पादनमा लगानी न्यून छ । प्राथमिकतामा अहिले पनि लगानी घरजग्गा कारोबार, आयातमा देखिन्छ । स्वदेशको पैसा जब विदेश जाने बाटो खुल्छ, यहाँ अवसर न्यून हुँदै जान्छ । शैक्षिक क्षेत्रमा घट्दो विद्यार्थी संख्या होस् या न्यूरोडका पसलमा घट्दो ग्राहक संख्या, आयस्रोत बढ्ने स्थान कतै भेटिँदैन । राज्य तलब खुवाउन धौधौ हुने अवस्थामा पुगेको छ । उद्योगीहरूको उद्योग व्यापार नफस्टाउँदा उनीहरूको आयस्रोत पनि घटेको छ । आयस्रोतमा सीमा लाग्दा खर्च गर्ने क्षमता स्वत: घट्छ । यसले गर्दा बजारका वस्तु तथा सेवाहरू स्वाभाविक रूपमा महँगो देखिन थाल्छन् । बजार महँगो हुनुको अर्को प्रमुख कारण करको दर बढ्नु पनि हो । जेमा पनि कर तिर्नुपर्ने बाध्यात्मक अवस्था छ । प्याजदेखि बैंकबाट आर्जित ब्याजसम्म कर बढाइएको छ । गाडी नेपालभन्दा दुई गुणा सस्तो छिमेकी मुलुकमा पाइन्छ । विलासी वस्तुदेखि दैनिक उपभोग्य वस्तुसम्म कर तिर्दा कम्युनिस्ट मुलुकमा भएको अनुभूति रहन्छ । काम गर्‍यो त्यसमा एक तिहाइ रकम कर राज्यलाई सुम्पियो । बाँकी रहेको दुई तिहाइबाट दैनिक गुजारा गर्‍यो । चाहे रेस्टुराँमा खाजा खाँदा होस्, घरगृहस्थीको केही वस्तु किन्दा होस्, या इन्धन किन्नमै किन नहोस्, आमदानीको ठूलो भाग राज्यलाई कर स्वरूप सुम्पिनुपर्छ । २०४६ साल यता लिइएको वैदेशिक ऋणको भार आजको जनताले तिर्नुपर्ने अवस्था छ । नेपालमा व्यापारीलाई यसरी प्राथमिकता दिइएको छ कि मानौं उनीहरू देशबाट सामान निर्यात गर्छन् र देशलाई समृद्ध बनाउन तत्पर छन् । बैंकहरू समेत उनीहरूको सहुलियतका लागि सरकारी बिदाको दिन खोलिनुपर्छ । व्यापारीलाई संयमित बनाउनुको साटो उनीहरूको मनपरीलाई समस्त प्रणाली मिलेर प्रवर्द्धन गरिएको देखिन्छ । मूल्य वृद्धिमा रोक लगाउन होस् या गुणस्तर प्रवर्द्धनमा होस्, तिनै व्यापारीको भूमिका मुख्य रहन्छ । तर, यहाँ उनीहरूले गरेका सम्पूर्ण कार्यलाई थप सहुलियत प्रदान गरिँदा गलत मनोवृत्ति प्रवेश गरेको छ । बिचौलियालाई प्राथमिकता दिइँदा मूल्य उनीहरूअनुरूप निर्धारण गर्ने गरिएको भेटिन्छ । रेस्टुराँमा लिइने शुल्क होस्, विद्यालयमा उठाइने शुल्क या फलफूल तथा तरकारीको मूल्य, कुनैको पनि मापन गर्ने व्यक्ति व्यापारी वर्ग नै हुन्छन् । न पारदर्शिता छ, न मूल्य निर्धारणमा कुनै वैज्ञानिक आधार । सुनको मूल्यजस्तो पारदर्शी यदि अन्य वस्तु नि भएको भए बजार यत्ति साह्रो महँगो लाग्दैन थियो होला । नेपालमै उत्पादित हुने बिजुलीको त चर्को महशुल तिर्नुपर्ने हामी विदेशी वस्तु प्रयोग गर्दा महँगो मूल्य तिर्नु कुनै अनौठो नै भएन । नेपालमा दिइने तलब, सार्क मुलुकको तुलनामा औसत नै हो । नेपाल माल्दिभ्सजस्तो महँगो पनि छैन र भारतजस्तो सस्तो पनि छैन । औसत नै देखिन्छ । तर, समस्या, तथ्यांक र यथार्थ फरक छन् यहाँ । दैनिक उपभोग्य वस्तु नै महँगो र मध्यम वर्गीय परिवारका लागि चुनौतीपूर्ण भइरहेको समयमा, विलासी वस्तु अकल्पनीय हुन पुग्छ । कुनै पनि मुलुकका लागि मुद्रास्फीति सामान्य विषय हो । मुद्रास्फीतिले गर्दा आकाशिएको मूल्य उपभोक्ताले यो तहसम्म खेप्नुपरेको आर्थिक भार शायद श्रीलंकालगायत मुलुकमा मात्र अनुभव गरिएको थियो ।   रेग्मी बैंकर हुन् ।

महँगीमै बित्यो वर्ष

०७९ मा दैनिक उपभोग्य खाद्यान्नलगायतका सामग्रीको मूल्य चर्को वृद्धि हुँदा उपभोक्ताले महँगीको मार खेप्नुपरेको छ । विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी, कोरोनाको प्रभाव, रुस र युक्रेनबीचको युद्ध, पेट्रोलियम पदार्थमा भएको मूल्य...

महँगीको मार र निरीह नागरिक

बजारमा महँगीको मार थेगिनसक्नु तवरले बढेको छ । चालू आर्थिक वर्षको सुरुवातबाट नै महँगी सरकारको नियन्त्रणभन्दा बाहिर गएको देखिन्छ । चालू आर्थिक वर्षको बजेटमा ७ प्रतिशतभित्रै सीमित राख्ने प्रक्षेपण गरिएको महँगी आर्थिक वर्षको पहिलो महिनादेखि नै प्रक्षेपित सीमाभन्दा उकालो लागेको तथ्यांक छ । यही महँगीको मारकै बीचमा दसैं बिदा भएको छ भने तिहार, छठपर्वजस्ता ठूला […]

महँगीको मार

जब भान्सा नै महँगो हुन्छ भने त्यसबाट कोही पनि प्रभावित नभई रहन सक्दैन। भान्सामा प्रयोग गर्ने दैनिक खाद्यान्नदेखि तरकारी लगायत सबैको भाउ अकासिएको छ। यसले सबैलाई प्रभावित पारे पनि सबैभन्दा ज्यादा मारमा भने दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएका मजदुर र त...

महँगीको मार झेल्न नसकेर श्रीमतीले भाडामा राखिन् श्रीमान्

पैसा कमाउने उद्देश्यले एक महिलाले आफ्नो श्रीमानलाई नै ‘भाडा’ मा राखेकी छिन् । बढ्दो महँगीसँग जुध्नका लागि आफूले यस्तो गरेकी ती महिलाले स्पष्टिकरण पनि दिएकी छिन् ।श्रीमानलाई भाडामा राख्नका लागि सुरुमा ती महिलाले एउटा वेबसाइट सुरु गरिन् र त्यसको प्रचारका लागि फेसबुकमा एउटा अभियान पनि चलाइन् । उनले यसको नाम ‘हायर माई ह्यान्डी हब्बी’ सर्भिस राखेकी छिन् ।यस्तो रोचक घटना बेलायतको हो । महिलाको नाम हो – लौरा । आफूलाई यो आइडिया एक पोडकास्ट सुनेर आएको लौराले बताएकी छिन् । उनल

महँगीको मार : बागमती सरकारका सयौँ योजना अलपत्र

हेटौंडा : पछिल्लो समय मुलुकमा बढ्दै गएको महँगीले बागमती प्रदेश सरकारको करिव पाँच सय बढी योजना अलपत्र परेको छ।निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिले गर्दा प्रदेश सरकारले बहुवर्षीय योजनामा राखेर निर्माण गर्न ठेक्का सम्झौता गरेको सहित अन्य साना योजनाहरू पनि अलपत्र परेका हुन्।बजारमा बढेको महँगी अनुसार सरकारले मूल्य समायोजन नगरेको भन्दै निर्माण व्यवसायीले काम नगर्दा प्रदेश सरकारको साना तथा ठुला योजनाहरू अलपत्र परेका छन्। सरकारले मूल्यवृद्धि समायोजन नगरेको भन्दै निर्माण व्यवसायीहरूले प्रदेश सरकारसँग का

कालीकोटवासीलाई महँगीको मार, के–केमा बढ्यो मूल्य ?

कालीकोटमा खाना  पकाउने  ग्यासको  मूल्य  बढेको  छ । छ महिनाअघि प्रतिसिलिन्डर एक हजार ६०० रुपियाँ रहेकामा  अहिले  २००  बढेर  एक  हजार  ८०० पुगेको छ । ग्यास  बिक्रेता  नन्दबहादुर  शाहीले  मूल्य अझै  बढ्न  सक्ने  बताए । उनले  छ महिनाको अवधिमा कालीकोटमा छ पटक मूल्य बढेको जानकारी दिए। जिल्लामा ग्यासको मात्र मूल्य बढेको छैन, अन्य उपभोग्य सामानको मूल्य झन् बढेको छ । सदरमुकाममा  खाने  तेलको  मूल्य ...

महँगीको मार, चुलो बाल्नै सकस

अनामनगरमै कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा कम छैन । उनी पनि घरघरमा भाडा र लुगाकपडा धोएर छोराछोरी पाल्छिन् । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि सीतालाई पनि ‘बच्चा कसरी पाल्ने र चुलो कसरी बाल्ने ?’ चिन्ताले निन्द्रा लाग्दैन । भन्छिन्, ‘ग्यासकै ७५ रुपैयाँ बढेर १५ सय ७५ पुगिसक्यो । के गर्ने होला ?’अकासिँदो महँगी दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र होइन, मासिक तलबीसमेत मारमा परेका छन् । दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य अकासि

दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

काठमाडौं । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ । दुई बच्चा छन्, श्रीमान् साथमा छैनन् । फुलमायासँग दैनिक ज्याला–मजदुरीबाहेक अरू आयस्रोत स्रोत छैन । अरूका घरमा भाडा माझ्छिन्, लुगा धुन्छिन् । मासिक मुस्किलले १५ हजारसम्म कमाइ हुन्छ […]

दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस

काठमाडौं । अनामनगर बस्दै आएकी काभ्रेकी फुलमाया तामाङलाई रातभर निद्रा लाग्दैन । दैनिक ज्याला–मजदुरी गरेर ५ सय आम्दानी हुन्छ । कोठा भाडा मासिक ७ हजार तिर्नुपर्छ । दुई बच्चा छन्, श्रीमान् साथमा छैनन् । फुलमायासँग दैनिक ज्याला–मजदुरीबाहेक अरू आयस्रोत स्रोत छैन । अरूका घरमा भाडा माझ्छिन्, लुगा धुन्छिन् । मासिक मुस्किलले १५ हजारसम्म कमाइ हुन्छ […] The post दिनदिनै बढ्दो महँगीको मार, चुलो बाल्नै सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.