भारतको महाराष्ट्रमा रहेको चन्द्रपुरमा कोरोना अनियन्त्रित भएको छ । त्यहाँको स्वास्थ्य प्रणाली पूरै ध्वस्त भएको छ ।
कुनै पनि अस्पतालमा बेड उपलब्ध छैन । अस्पतालको बेड खोज्दै रोगीहरू तेलंगाना पुगिरहेका छन् ।
एकजना छोराले दुई दिनदेखि आफ्ना पितालाई एम्बुलेन्समा राखेर यताउता लगेको भए पनि कतै बेड पाएनन् । हैरान भएर छोराले बेड छैन भने बुवालाई सुई घोचेर मार्देओ बरू भन्दै मार्मिक पुकार गरेका छन् ।
सागर नारशेट्टीवारका ७१ वर्षीय पिता कोरोनापीडित हुन् र उनले अस्पतालमा बेड पाएका छैनन् । सागर अनेकौं सरकारी तथा न...