प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि हालतमा प्रदेशसभा विघटन नगर्ने बताएका छन्। बुधबार विराटनगरमा पत्रकारसँगको भेटघाटमा मन्त्री कार्कीले सरकार ढल्ने अवस्था आए प्रदेशसभा विघटन हुने हल्ला निराधार रहेको बताए।