कास्की – कास्की जिल्ला अदालतमा हिजाे मङ्गलवार राति तोडफोड भएको छ । अदालतको ६ नम्बर इजलासको ढोका फोडिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतका सूचना अधिकारी निल पनेरुले जानकारी दिनुभयाे । घटनाबारे अनुसन्धान सुरु भएको छ ।
बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्, पनेरुले भन्नुभयाे, नयाँ भवन भएकोले सीसीटीभी क्यामेरा राखिएको छैन । घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन ।
प्रहरीले मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसिस चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यसबारेम...