जुटमा एन्टी डम्पिङ ड्युटीको समस्या

नेपालका उद्योगहरूको नाम लिनेबित्तिकै विराटनगर जुट मिलको नाम अग्रस्थानमा आउने गर्छ । यो जुट मिल पूर्वका किसानको आम्दानीको भरथेग मात्र नभई नेपालको राजनीतिक परिवर्तनमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल भएका कारण स्मरणमा रहिरहेको हो । तर, केही वर्षयता विराटनगर जुट मिल सञ्चालनमा छैन । यति मात्र नभई झापा र सुनसरीमा सञ्चालित १२ जुट मिलमध्ये यतिखेर ६ ओटा मात्र सञ्चालनमा छन् । यसले गर्दा एउटा राम्रो सम्भावना देखिएको जुट खेतीको विकास र विस्तार हुन सकेको छैन । झापा, मोरङ र सुनसरीमा राम्रो उत्पादन हुने जुटको घट्दो उत्पादन र बजारीकरणका अनेक कारणमध्ये तयारी जुट आयात गर्दा भारतले लगाउने गरेको एन्टी डम्पिङ ड्युटी पनि हो । जुटसँग सम्बद्ध उद्योगी, व्यवसायीले वर्षौंदेखि नै एन्टी डम्पिङ ड्युटी खारेज हुनुपर्ने आवाज उठाउँदै आएका हुन् । एन्टी डम्पिङ ड्युटीलगायत समस्याले गर्दा कुनै समय वार्षिक १६ अर्ब रुपैयाँसम्म कारोबार हुने गरेको जुटको व्यापार खुम्चिँदै गएर अहिले ६ अर्बमा सीमित भएको छ । जुटको व्यापार घट्दै जानुमा सरकारले जुटखेतीलाई प्रोत्साहन हुने कार्यक्रम नल्याउनु पनि हो । भारतीय कच्चा पदार्थमा निर्भर हुनु र भारतकै बजारमा त्यहीँको उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि नेपाली जुट उद्योग बन्द हुँदै गए । यही परिप्रेक्ष्यमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालबाट तयारी जुट आयात गर्दा लगाउने गरेको एन्टी डम्पिङ ड्युटी हटाउन पहल गर्ने सार्वजनिक रूपमै बताएका छन् । नेपाली उद्योगी, व्यवसायीले अनेक प्रयास गर्दा पनि सफलता पाउन नसकेका बेला भारतीय राजदूतको यस्तो भनाइले सकारात्मक सन्देश प्रवाह गरेको छ । हाल भारतले नेपाली जुट आयातमा ४ प्रतिशतसम्म एन्टी डम्पिङ ड्युटी लगाउँदै आएको छ । श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिले’ नीतिको मूल मर्म विकासमा साझेदारी गर्दै अघि बढ्नुसमेत रहेको बताए । छिमेकी मुलुकका राजदूतले यसरी खुलेर वर्षौंदेखि उद्योगी, व्यवसायीले भोग्दै आएको विषयमा बोलेपछि कार्यान्वयन हुनेमा अपेक्षा गर्न सकिन्छ । तर, सँगसँगै यस्तो समस्या चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउन नेपाल सरकारको माथिल्लो निकायले चासो राख्दै द्विपक्षीय छलफल पनि गर्न आवश्यक देखिन्छ । राजदूतको अभिव्यक्तिले एन्टी डम्पिङ ड्युटी हटाउन भारत सकारात्मक छ भन्ने देखिएको छ ।

सम्बन्धित सामग्री

जुटको एन्टी डम्पिङ ड्युटी खारेज हुने आश : के हो एन्टी डम्पिङ ड्युटी ?

विराटनगर । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष भ्रमणका एजेन्डा प्रस्तुत गर्दा भारतले नेपालबाट निकासी हुने तयारी जुटमा लगाएको ४ प्रतिशत एन्टी डम्पिङ ड्युटी (एडीडी) खारेज गर्नुपर्ने माग राख्नुभयो ।  कूटनीतिक हिसाबले पहिलोपटक उच्च राजनीतिक स्तरमा जुट निकासीमा ५ वर्षदेखि लाग्दै आएको ४ प्रतिशत एडीडी खारेजीको माग उठेको हो । यसअघि पटकपटक पहल गर्दा पनि उच्च तहमा यो विषय उठेको थिएन ।  भारतले नेपालको तयारी जुटमा मात्रै एडीडी लगाएको छ । बंगलादेशबाट आउनेमा लगाएको छैन । प्रधानमन्त्रीको भ्रमणमा उठाइएको मुद्दा भारतीय पक्षले सम्बोधन गरे सुनसरी मोरङ औद्योगिक कोरिडोरमा बन्द भएका जुट मिल पुनः सञ्चालनमा आउने र झन्डै ५ हजारले थप रोजगारी पाउने सम्बद्ध व्यवसायी बताउँछन् । प्रधानमन्त्री दाहालको भारत भ्रमण टोलीमा सहभागी नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जुटको समस्या समाधानका लागि भएको पहललाई ऐतिहासिक भने । प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसमक्ष राख्नुभएको समस्या समाधान हुनेमा व्यवसायी आशावादी  रहेको गोल्छाले बताए ।  प्रधानमन्त्री दाहालको भ्रमणकै क्रममा नेपाल र भारतका उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डलबीच भएको छलफलमा पनि यो विषय उठेको गोल्छाले जानकारी दिए । प्रधानमन्त्रीको टोलीमा विराटनगरबाट मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका कार्यकारीणी सदस्य पारस लुनियासमेत सहभागी थिए ।  सुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित पाँचओटा जुट मिलमा झन्डै ३० हजार मजदूर कार्यरत छन् । कोरिडोरका अन्य ६ जुटमिल बन्द छन् । भारतले एडीडी हटाए बन्द ती जुटमिल पनि ब्युँतिनेछन् ।  नेपाली उद्योगीले एडीडीबापत भारत सरकारलाई ३० करोड रुपैयाँ वार्षिक रूपमा बुझाउँदै आएका छन् । नेपाली उद्योगले वार्षिक साढे ७ अर्ब रुपैयाँको तयारी जुट निकासी गर्दै आएका छन् । ५० प्रतिशतभन्दा बढी कच्चा जुट भारतबाटै ल्याएर नेपालका उद्योगले जुटका तयारी वस्तु भारत निकासी गर्ने हुन् । भारतीय जुट बजारमा नेपालको उत्पादनले मुश्किलले २ प्रतिशत स्थान ओगट्छ । नेपाली जुट उद्योगमा प्रविधि, कच्चा पदार्थ, मेशिनरी र प्राविधिकसमेत भारतकै प्रयोग हुन्छ । मोरङ र सुनसरीमा सञ्चालित जुट मिल सीमाक्षेत्रनजिकै भएकाले मजदूरसमेत भारतबाटै आउँछन् । भारत सरकारले खाद्यान्न प्याकेजिङमा अनिवार्य जुटको बोरा प्रयोग गर्नुपर्ने नीति लिएको छ । तर, स्वदेशी उत्पादनले नपुगेर प्लास्टिक बोरामा समेत खाद्यान्न प्याकिङ गरिरहेको छ । यो सन्दर्भमा नेपाली जुटको तयारी वस्तुले भारत सरकारको नीतिलाई नै सघाइरहेको व्यवसायीको भनाइ छ । त्यसकारण पनि उसले एन्टी डम्पिङ ड्युटी खारेज गर्नुपर्ने गोल्छाको माग छ । एडीडीका कारण भारतीय उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेकाले सरकारले नयाँ दिल्लीसँग सोभैm वार्ता गर्नुपर्ने आवाज पहिलेदेखि नै उद्योगीले उठाउँदै आएका थिए ।  भारत सरकारले प्रत्येक ५ वर्षमा ड्युटी पुनरवलोकन गर्छ । नेपाली जुटका उत्पादनलाई उसले एडीडी लगाएको पनि ५ वर्ष पूरा भएको छ । भारतले पुनरवलोकन गरेर ड्युटी संशोधन वा परिमार्जन गर्नुअघि उच्चस्तरीय कूटनीतिक पहल गर्न उद्योगीले आग्रह गर्दै आएका थिए । संघले ५ वर्षअघि भारत सरकारसमक्ष एडीडी हटाउन पटकपटक माग गरेपछि भारत सरकारको कर विज्ञको टोली आएर मोरङ र सुनसरीका जुट उद्योगको निरीक्षण गरेको थियो । सोही टोलीले फरकफरक उत्पादनमा फरकफरक दरले एडीडी लगाउने निर्णय गरेको थियो । जुटका उत्पादन कुनैमा ३, कुनैमा ३ दशमलव २५ कुनैमा साढे ३, कुनैमा ३ दशमलव ७५ र कुनैमा ४ प्रतिशत एडीडी लगाइएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य एवं स्वस्तिक जुटका सञ्चालक रमेश राठीका अनुसार नेपाल जस्तै बंगलादेशले पनि जुटको तयारी वस्तु भारतीय बजारमा निर्यात गरिरहेको छ । त्यहाँको उत्पादनलाई भारतले नेपालीलाई जस्तो एडीडी लगाउँदैन । भारतले बंगलादेशका १६ ओटा जुट उद्योगका उत्पादनमा एडीडी नलगाउने निर्णय गरेको छ । यसको फाइदा उठाउँदै बंगलादेशका अन्य जुट उद्योगको उत्पादन पनि तिनै १६ मिलको नामबाट भारतीय बजारमा आइरहेको बताइन्छ । त्यसमा भारत सरकार मौन रहेको राठीले बताए ।  नेपालका ११ जुट उद्योगमध्ये ६ ओटा बन्द छन् । सञ्चालनमा रहेका पाँच उद्योग अरिहन्त, रघुपति, स्वस्तिक, बाबा र नेपाल जुट हुन् । सरकारले भारतसँग वार्ता गरेर एडीडीको समस्या समाधान गरे कोरोना र बन्दाबन्दीले थला परेका उद्योगले राहत पाउने राठीले बताए । भारत सरकारले एडीडी खारेज गरे उद्योगको उत्पादन क्षमता वृद्धि हुने र रोजगारीको अवसर थपिने उनको भनाइ छ ।  भारतले नेपाली जुटका वस्तुमा एडीडीसँगै साढे १२ प्रतिशत समीकारक महसुल (काउन्डरभ्यालिङ ड्युटी–सीभीडी) लगाएको थियो । नेपालबाट निर्यात भई जाने जुटका वस्तुमा १७ जुलाई २०१५ देखि १२ प्रतिशत सीभीडी लगाएको थियो । यसपछि जुट उद्योगीले भारत सरकारसँग उक्त ड्युटी हटाइदिन धेरै अनुरोध गरे । जुट उद्योगीले भारत सरकारकै सुझावअनुसार १६ डिसेम्बर २०१६ मा त्यहाँको केन्द्रीय अर्थ मन्त्रालयको राजस्व विभागमा सीभीडीविरुद्ध प्रोटेस्ट लेटर दर्ता गराए । त्यही दिनदेखि भन्सारमा सीभीडी रकम धरौटीका रूपमा राखे । भारत सरकारले नेपाली जुट उत्पादनमा लाग्ने सीभीडी २० अप्रिल २०१७ मा फिर्ता लियो । तर, प्रोटेस्ट अवधिभरको सीभीडी रकम नियमअनुसार फिर्ता गर्नुपर्ने भए पनि गरेको छैन । नेपाली उद्योगीको धरौटीबापतको २० करोड रुपैयाँ भारत सरकारले अझै फिर्ता गरेको छैन ।  के हो एन्टी डम्पिङ ड्युटी ?  यो एक प्रकारको संरक्षणवादी महसुल दर हो । सरकारलाई कुनै विदेशी वस्तु स्वस्थ बजार मूल्यभन्दा कममा आफ्नो देशमा निर्यात गर्न खोजिएको छ भन्ने लाग्यो भने उसले विदेशबाट आयात हुनेमा एन्टी डम्पिङ ड्युटी लगाइदिन्छ । डम्पिङको प्रक्रियामा कुनै कम्पनीले घरेलु बजारको लागि तोकेको मूल्यभन्दा कममा वस्तु निर्यात गर्न खोजेको हुन्छ । स्वदेशी उद्योगको संरक्षणका लागि सरकारहरुले आफ्नो बजारमा डम्प गर्न पठाइने वस्तुमा एन्टी डम्पिङ ड्युटी लगाउने गर्छन् ।

डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव

दोधारा चाँदनी, २२ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा छ । एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र […]

जुटमा एन्टी डम्पिङ खारेज गर्न पहल गर्ने आश्वासन

विराटनगर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालबाट तयारी जुट आयात गर्दा भारतले लगाउने गरेको एन्टी डम्पिङ ड्युटी हटाउन पहल गर्ने बताएका छन् । मोरङ व्यापार संघमा आयोजित कार्यक्रममा व्यवसायीले नेपाल र भारतबीचको व्यापारमा रहेका समस्या जानकारी गराएपछि राजदूत श्रीवास्तवले जुटको व्यापार सहजीकरणका लागि आफूले एन्टी डम्पिङ ड्युटी हटाउन नयाँ दिल्लीमा पहल गर्ने बताए । भारतले नेपाली जुट आयातमा ४ प्रतिशतसम्म एन्टी डम्पिङ ड्युटी लगाउँदै आएको छ । भारतले निकासीमा प्रतिबन्ध लगाएको खाद्यान्न नेपाललाई चाहिने परिमाण सजिलै उपलब्ध हुने पनि श्रीवास्तवले बताए । आवश्यक खाद्यान्नको वास्तविक तथ्यांकसहित माग भए भारत सरकारले उपलब्ध गराउने उनको भनाइ छ  । भारत सरकारले विकासमा छिमेकीलाई पनि सँगसँगै लिएर जाने नीति लिएको र बथनाहदेखि विराटनगर आईसीपीसम्मको रेलवे सेवा केही समयभित्रै सञ्चालन हुने उनले बताए । उनले आईसीपीसम्म निर्माण सम्पन्न भएको रेलवे नेपाल सरकारलाई केही दिनभित्रै हस्तान्तरण गरिने जानकारी दिए । प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिले’ नीतिको मूल मर्म विकासमा साझेदारी गर्दै अघि बढ्नु रहेको भन्दै श्रीवास्तवले भारत र नेपाल दुवै भाइभाइ भएको उल्लेख गरे । ‘दुवै समान छन्, एउटा ठूलो र अर्काे सानो होइन । विकासमा एकले अर्कालाई सघाउँदै अघि बढ्नुपर्छ,’ उनले भने । विराटनगरमा बन्द गरिएको भारतीय दूतावासको कार्यालय खोल्नुपर्ने माग उद्योगी, व्यवसायीले गरेपछि श्रीवास्तवले नेपाल सरकार र विराटनगरवासीले चाहेमा उक्त कार्यालय खुल्ने स्पष्ट पारे । उनले भने, ‘यस विषयमा नेपाल सरकारले अनुमति दिनुपर्छ, दियो भने यहाँ दूतावासको कार्यालय खुल्छ ।’

सिमकोटका लागि डम्पिङ साइट निर्माण सुुरु

सिमकोट – सदरमुुकाम सिमकोटका लागि फोहोरमैलाको स्थायी समस्या समाधान गर्नका लागि नयाँ डम्पिङ साइट निर्माण सुुरु गरिएको छ। डम्पिङ साइट नभएका कारण सिमकोट बजारको फोहोर जथाभावी फाल्नुु परिरहेका बेला स्थान छनोट गरेर निर्माण सुुरु गरिएको हो। गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सिमकोट गाउँपालिका– ६ चिसामुल क्षेत्रलाई डम्पिङ साइट छनोट गरेर निर्माण सुुरु भएको बताए। यसका लागि […]

फोहोर व्यवस्थापनमा समस्या बढ्दै

सुन्दरहरैंचा – मोरङको सुन्दरहरैंचा नगरपालिकामा फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएको छ। नगरपालिकाले विगत ५ वर्षदेखि सङ्कलन गर्दै आएको फोहोर नजिकैको जङ्गल तथा खोला छेउमा व्यवस्थापन गरेको कारणले अहिले समस्या देखिएको हो। बस्ती नजिकै अव्यवस्थित रूपमा थुपारेको फोहोरबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने गरेको स्थानीयहरू बताउँछन्। नगरको वडा नं १० को खोर्साने–केराबारी सडक खण्डमा रहेको डम्पिङ […]

पाँचथरमा डम्पिङ साइड व्यवस्थापन हुन नसक्दा स्थानीयलाई स्वास्थ्यमा समस्या

पाँचथर । फोहोर व्यवस्थापन हुन नसक्दा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–४ थाक्लेबासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । फोहोरलाई एकत्रित नगरी थुपारिँदा वातावरण दुर्गन्धित भएको भन्दै व्यवस्थापनको लागि स्थानीयबासीले माग गर्दै आएका छन् । पाँचथरको फिदिम बजारको फोहोर व्यवस्थापनको लागि उचित प्रबन्ध नहुँदा दुर्गन्धले स्वास्थ्यमा असर पारेको स्थानीयबासीको गुनासो छ । कृषि उपयोगी प्राङ्गारिक मल […]

डम्पिङ साइटबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन नुवाकोटमा

काठमाडौं- काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन साह डम्पिङ साइट भएको स्थान नुवाकोट पुगेका छन् । निर्वाचित भएको घोषणा भएकै दिन मेयर बालेन नुवाकोटको ओखरपौवा पुगेका हुन् । उनले नुवाकोटस्थित ओखरपौवाको डम्पिङ क्षेत्रमा निरिक्षण गरेका छन् । काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा समस्या रहँदै आएको छ । कहिलेकाँही महिनौँ दिनसम्म पनि फोहोर नउठ्दा […]

फोहोरमैला व्यवस्थापन : राष्ट्रिय समस्या

हाम्रो देशको काठमाडौंलगायत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भई जनस्वास्थ्यमा प्रभाव परिरहेको हुन्छ । साँच्चै भन्नु नै पर्दा ६ वटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकाका सहरहरूमा फोहोरमैला व्यवस्थापन […]

चितवनमा वन्यजन्तु हिड्ने मार्ग बन्याे डम्पिङ साइट

चितवन । चितवनमा वन्यजन्तु हिड्ने मार्ग डम्पिङ साइट बनेकाे छ। चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने मुख्य सडक बरण्डाभार वन्यजन्तुको वारपार गर्ने मार्ग हो । तर वर्षौदेखि स्थानीय तहहरुले यस सडकको वरपरको क्षेत्रलाई डम्पिङ साइट जस्तै बनाएका छन् । समस्या समाधानको सट्टा अस्पतालजन्य फोहोरसमेत यहीँ ल्याएर थुपारिने गरेको भेटिन्छ । यो हो भरतपुरबाट कालिका […]

डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या

तेह्रथुम, माघ ५ – तेह्रथुमको छथर गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र शुक्रबारे बजारमा डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या भएकोे छ । शह...