२ वर्षदेखि अलपत्र अवस्थामा रहेको सिमरा–कोहल्वी सडकखण्डमा पर्ने बडहर्वा पुल निर्माण गरेको भन्दै बारा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामबाबु यादवविरुद्व मुद्दा दर्ता भएको छ । यादवविरुद्व अदालतको आदेश अवहेलना गरेको, पुल निर्माणको क्रममा बाटो मिचेको र क्षतिपूर्तिको मागदाबी सहित जिल्ला अदालत बारामा मुद्दा दर्ता भएको हो । उनी विरुद्ध सखवा हाउजिङ कम्पनी प्रालिको तर्फबाट रामेश्वर प्रसाद यादवले एक साताअघि मात्रै क्षतिपूर्तिको माग गर्दै तेस्रो मुद्दा दर्ता गरेका छन् ।‘