पोखराबाट ठुलो परिणामको लागू औषधसहित एक व्यक्ति पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखरा –१ बगरबाट ठूलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बगर बस्ने वर्ष ४९ को अर्जुनकुमार गुरुङ रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । पोखरा महानगरपालिका ९ बस्ने अर्जुनकुमार गुरुङलाई हिजो बेलुका साँझ ७ बजे बगरबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए