सिमकोट – हुम्लाको चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले ब्याफु खानेपानी मर्मत योजनाका लागि आर्थिक वर्ष ०७४/७५ मा छुट्ट्याइएको रकम अनियमितता गरेको उजुरी निवेदनका आधारमा अनुसन्धान हुँदा सो योजनामा भ्रष्टाचार भएको पुष्टि भएको […]