गुल्मी दरबार गाउँपालिकाले चिसोबाट बचाउन ज्येष्ठ नागरिक र अति विपन्न ‘क’ बर्गका अपाङगता भएकाहरुलाई फाइबर सिरक वितरण गरेको छ । ८२ बर्षदेखि माथि ८४ बर्ष सम्मका ४४ जना ज्येष्ठ नागरिक र ‘क’ बर्गका अति विपन्न र असाहय ४३ जना अपाङगता भएकालाई गरी कूल ८७ जनालाई फाइवर सिरक हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।