रुपन्देही–५ मा वासुदेव घिमिरे एमालेको आधिकारिक उम्मेदवार

काठमाडौं। रुपन्देही–५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा एमालेको तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन्। एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले ग्रिन हाइड्रोजनसम्बन्धी सरकारले नीति बनाउन आवश्यक रहेको बताएका छन्। ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। हङकङमा करिब दुई करोड २० लाख हङकङ डलर मूल्यको एउटा नेकलेस लुटिएपछि प्रहरीले लुटेराको व्यापक खोजी थालेको छ।

सम्बन्धित सामग्री

लेखा समितिमा एमालेबाट १० सांसद आकांक्षी

२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सदस्यमा एमालेका १० जना सांसदले आकांक्षा राखेका छन् । लेखा समिति सदस्य बन्न चाहना राख्ने एमाले सांसदहरु हुन्–अच्युतप्रसाद मैनाली, ऋषिकेश पोखरेल र गोकुलप्रसाद बास्कोटा, रघुवीर महसेठ, ठाकुर गैरे, बसन्तकुमार नेम्वाङ, वासुदेव घिमिरे, राजेन्द्रकुमार राई, कृष्णगोपाल श्रेष्ठ र तारा लामा तामाङ । एमालेले आफ्ना सांसदहरुलाई कुन समितिको सदस्य […]

रुपन्देही–५ मा खिमलालको टिकट खोसेका घिमिरेले कसरी मारे बाजी ?

रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे निर्वाचित भए । घिमिरे सत्ता गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भरतकुमार शाहलाई पराजित गर्दै निर्वाचित भएका हुन् । यो क्षेत्रमा नेकपा एमालेले सुरुमा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईलाई टिकट दिएको थियो । निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीले समेत भट्टराईलाई सिफारिस पनि गरेको थियो । सोही आधारमा  भट्टराईलाई राष्ट्रिय सभाबाट राजिनामा गर्न लगाएर उम्मेदवारी दर्ता गर्न लगाएको एमाले

कांग्रेसका शाहलाई पछि पार्दै रुपन्देही ५ मा एमालेका घिमिरे विजयी

रुपन्देही -५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन् । उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन् ।

रुपन्देही ५ मा एमालेका घिमिरे विजयी

रुपन्देही । रुपन्देही –५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन् ।

रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

रुपन्देही – रुपन्देही-५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतले पराजित गरेका हुन्। आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त पाएका हुन्। कांग्रेसका शाह यसअघिका तीन […]

एमालेमा विवाद : रुपन्देही- ५ मा घिमिरे र भट्टराईको उम्मेदवारी दर्ता

नेकपा (एमाले) रुपेन्देही निर्वाचन-५ मा विवाद भएको छ । एमालेबाट दुई उम्मेदवारले मनोनयन दर्ता गराएपछि विवाद भएको हो । शनिबार उम्मेदवार बनाइने घोषणा गरिएका तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख वासुदेव घिमिरे र राष्ट्रिय सभाबाट राजीनामा दिएका खिमलाल भट्टराई दुवैले उमेदवारी दिएका छन् ।

तिलोत्तमाको मेयरका लागि ४ जना सिफारिस

नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको नगर प्रमुख(मेयर) पदका लागि ४ जनाको नाम सिफारिस गरेको छ । यो नगर एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता घनश्याम भुसालको क्षेत्र हो  ।एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डेका अनुसार  मेयरमा बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाईँ, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस  गरिएको छ । बैठकले उपप्रमुख(उपमेयर) पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, नेतृहरू देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र

बालकृष्ण खाँणको पकड क्षेत्र तिलोत्तमा एमाले विजयी

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका प्रमुखका उम्मेदवार वासुदेव घिमिरे १९ हजार ८४ मतसहित विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकृष्ण खाँणले १६ हजार २६४ मत प्राप्त गरे ।