रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

रुपन्देही – रुपन्देही-५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतले पराजित गरेका हुन्। आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त पाएका हुन्। कांग्रेसका शाह यसअघिका तीन […]

सम्बन्धित सामग्री

लेखा समितिमा एमालेबाट १० सांसद आकांक्षी

२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सदस्यमा एमालेका १० जना सांसदले आकांक्षा राखेका छन् । लेखा समिति सदस्य बन्न चाहना राख्ने एमाले सांसदहरु हुन्–अच्युतप्रसाद मैनाली, ऋषिकेश पोखरेल र गोकुलप्रसाद बास्कोटा, रघुवीर महसेठ, ठाकुर गैरे, बसन्तकुमार नेम्वाङ, वासुदेव घिमिरे, राजेन्द्रकुमार राई, कृष्णगोपाल श्रेष्ठ र तारा लामा तामाङ । एमालेले आफ्ना सांसदहरुलाई कुन समितिको सदस्य […]

रुपन्देही–५ मा खिमलालको टिकट खोसेका घिमिरेले कसरी मारे बाजी ?

रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे निर्वाचित भए । घिमिरे सत्ता गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भरतकुमार शाहलाई पराजित गर्दै निर्वाचित भएका हुन् । यो क्षेत्रमा नेकपा एमालेले सुरुमा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईलाई टिकट दिएको थियो । निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीले समेत भट्टराईलाई सिफारिस पनि गरेको थियो । सोही आधारमा  भट्टराईलाई राष्ट्रिय सभाबाट राजिनामा गर्न लगाएर उम्मेदवारी दर्ता गर्न लगाएको एमाले

कांग्रेसका शाहलाई पछि पार्दै रुपन्देही ५ मा एमालेका घिमिरे विजयी

रुपन्देही -५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन् । उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन् ।

रुपन्देही ५ मा एमालेका घिमिरे विजयी

रुपन्देही । रुपन्देही –५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन् ।

‘तिलोत्तमामा एमालेले नजित्नुपर्ने कुनै कारण छैन’

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण, एमालेका नेता घनश्याम भुसालको गृहनगर तथा एमाले उपाध्यक्ष विष्णु पौडेल, राप्रपा नेता दीपक बोहोरालगायतका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हो– रुपन्देहीको तिलोत्तमा नगरपालिका । २०७४ सालको निर्वाचनमा एमालेबाट मेयरमा वासुदेव घिमिरे र उपमेयरमा जागेश्वरदेवी चौधरी निर्वाचित भएपछि राम्रो काम गरेर देशभर चर्चा कमाएको तिलोत्तमामा यसपटकको स्थानीय तह […]

बालकृष्ण खाँणको पकड क्षेत्र तिलोत्तमा एमाले विजयी

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका प्रमुखका उम्मेदवार वासुदेव घिमिरे १९ हजार ८४ मतसहित विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामकृष्ण खाँणले १६ हजार २६४ मत प्राप्त गरे ।