एमालेमा विवाद : रुपन्देही- ५ मा घिमिरे र भट्टराईको उम्मेदवारी दर्ता

नेकपा (एमाले) रुपेन्देही निर्वाचन-५ मा विवाद भएको छ । एमालेबाट दुई उम्मेदवारले मनोनयन दर्ता गराएपछि विवाद भएको हो । शनिबार उम्मेदवार बनाइने घोषणा गरिएका तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख वासुदेव घिमिरे र राष्ट्रिय सभाबाट राजीनामा दिएका खिमलाल भट्टराई दुवैले उमेदवारी दिएका छन् ।

सम्बन्धित सामग्री

रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरेको चुनावी कमाण्डर बने खिमलाल भट्टराई

रुपन्देही । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रुपन्देही क्षेत्र नं ५ मा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेको चुनावी कमाण्डर नेता खिमलाल भट्टराई बनेका छन् । निर्वाचन परिचालन कमिटीको नेतृत्व पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले लिएका छन् । यसअघि उनी सोही क्षेत्रमा दावेदार भएर उम्मेदवारी दर्ता गरेपछि दुई नेताहरुबीच विवाद भएको चर्चा भएको थियो । भट्टराई यही […]

रुपन्देही- ५ मा एमालेबाट वासुदेव नै आधिकारिक उम्मेदवार : निर्वाचन आयोग

निर्वाचन आयोगले रुपन्देही–५ मा नेकपा एमालेको उम्मेदवार विवाद टुङ्गो लगाएको छ । आयोगले नेकपा एमालेबाट सबैभन्दा पहिला उम्मेदवारी दर्ता गरेका वासुदेव घिमिरेलाई आधिकारिकता दिएको हो ।