नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो आन्तरिक विवाद मिडियामा आएकोजस्तो ‘गम्भीर’ नरहेको सो दलका नेताहरुको बुझाई छ । ठूलो र लोकतान्त्रिक पार्टीमा सामान्य बहस र टिप्पणी स्वभाविक भएको भन्दै त्यसलाई मिडियाले उछालेर ‘फुटको सङ्घारमा’ पु-याएको उहाँहरुको तर्क छ ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नियमित भेटघाट भइरहेको र पार्टीको आन्तरिक समस्या समाधानमै कुरा केन्द्रित रहेको नेताहरुको दाबी छ । “मिडियाले समाचार दिएजस्तो दुई अध्यक्षबीच पानी बाराबारको अवस्था छैन, संवादहिनता भएको पनि होइन” नेताहरुले भन्नुभयो ।