रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा संघीयतालाई लिएर विवाद देखिएको छ । संसदको चौथो शक्तिको रुपमा उदाएको पार्टीमा संघीयता राख्ने वा खारेज गर्ने विषयमा छलफल हुन थालेपछि प्रष्ट दुई धार देखिएको हो ।पार्टी सभापति लामिछानेले प्रदेश संरचना खारेज गर्ने उद्देश्यले चुनावमा प्रदेशसभामा उम्मेदवारी दिन लगाएका थिएनन् । त्यसैले संघमा प्रत्यक्षमा ७ सिटसहित कुल २० सिट पुग्दा सो पार्टीको प्रदेशसभातर्फ उपस्थिति छैन । लामिछाने सुरुदेखि नै संघीयता खारेज गर्नेमा कन्भिन्समा भएकाले सुझबुझका साथ उम्मेदवार