‘खोप मौज्दात राखेका मुलुकले अन्य मुलुकलाई प्रदान गर्न यो उपयुक्त समय’

काठमाडौं । जी–७ मुलुकहरूले आउँदो जुन महिनामा शिखर सम्मेलनको तयारी गरिरहँदा युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले वक्तव्य जारी गर्दै खोप मौज्दात राखेका मुलुकहरूलाई खोप अन्य मुलुकहरूलाई प्रदान गर्न आग्रह गरेकी छन् । खोज मौज्दात राखेका मुलुकहरुका लागि अन्य मुलुकहरुलाई खोप प्रदान गर्ने यो नै उपयुक्त समय भएको उनले बताइन् ।...

सम्बन्धित सामग्री

युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ ।

लघुवित्तमा उपयुक्त मोडलको खोजी: ग्रामीण मोडलमा परिवर्तन आवश्यक

लघुवित्त संस्थाले लक्षित वर्गलाई लघुवित्त कार्यक्रममा आबद्ध गरी ग्रामीण मोडलमार्फत वित्तीय सेवा प्रदान गर्दै आएका छन् । लघुवित्त कार्यक्रमको शुरुआतदेखि नै चल्दै आएको यस मोडल वित्तीय पहुँचबाट विमुख भएका र वित्तीय रूपले साक्षर हुन नसकेका लक्षित वर्गलाई वित्तीय पहुँचको उपयुक्त र प्रभावकारी मोडलका रूपमा परिचित छ । लघुवित्त कार्यक्रमको माध्यमबाट गरीबी न्यूनीकरणमा सफलता पाएको बंगलादेशले यही ग्रामीण मोडलमार्फत लघुवित्त कार्यक्रम शुरू गरेको हो । सदस्यलाई समूहमा आबद्ध गरी सामूहिक दायित्वमा कर्जा प्रदान गर्ने र बचत गर्ने बानीको विकास गरी वित्तीय कारोबारमा अभ्यस्त बनाउँदै आएको यो मोडल परिवर्तन गर्नुपर्ने चर्चा लघुवित्त क्षेत्रमा चल्न थालेको छ ।  ग्रामीण मोडल, सहकारी मोडल (बचत तथा ऋण सहकारी मोडल र साना किसान सहकारी मोडल), वित्तीय मध्यस्थताको कारोबार गर्ने गैरसरकारी संस्था (फिंगोज) मोडल, प्राथमिकताप्राप्त क्षेत्र तथा विपन्नवर्ग कर्जा कार्यक्रम, परियोजनामा आधारित लघुवित्त कार्यक्रम, थोक कर्जा कार्यक्रम नेपालमा हालसम्म सञ्चालनमा आएका लघुवित्त कार्यक्रमका मोडलहरू हुन् । नेपालमा लघुवित्त कार्यक्रम शुरू गरेदेखि हालसम्म चलिरहेको ग्रामीण मोडलअन्तर्गत ५ जनाको समूह र २ देखि १० समूहको केन्द्र निर्माण गरी लघुवित्त कार्यक्रम सञ्चालन गर्ने व्यवस्था रहेको छ । २०७९ चैत मसान्तमा सञ्चालनमा रहेका ५७ ओटा लघुवित्त संस्थामा १३,९०,५३९ ओटा समूह र ४,४४,१२७ ओटा केन्द्रमा आबद्ध भएका ५९,९९,३१३ सदस्यमध्ये करीब ५३ प्रतिशत ऋणी रहेका छन् । यस मोडलमा सामूहिक जमानीमा सदस्यलाई कर्जा प्रदान गरिने भएकाले कर्जामा सामूहिक दायित्व रहने गर्छ । अर्थात् समूहमा कुनै पनि ऋणीसदस्यले लिएको कर्जाको दायित्व अन्य सबै सदस्यले बेहोर्नुपर्छ । नाफा वृद्धिका लागि लघुवित्त संस्थाहरूबीच भइरहेको अस्वस्थ्य प्रतिस्पर्धा, बाध्यतावश र नियतवश कर्जा नतिर्ने ऋणीसदस्यहरू, लघुवित्त विरुद्धको संघर्ष समितिको दबाब र अराजक गतिविधिका कारण कर्जा मिनाहा भइहाल्छ कि भनेर कर्जा नतिर्ने ऋणीसदस्यलगायत कारणले ऋणीसदस्यको संख्या बढ्दै गएको छ । त्यसैगरी सहज कर्जा पाइने र धितो राख्नु नपर्ने भएकाले सदस्यहरूले आफ्नो आवश्यकता र क्षमताभन्दा धेरै कर्जा एकभन्दा बढी संस्थाबाट लिने र त्यसको सदुपयोग नगर्ने प्रवृत्तिले गर्दा समयमा नै कर्जा तिर्न नसकी खराब ऋणीमा परिणत हुने ऋणीसदस्यको संख्या पनि बढ्ने क्रम जारी छ । यसरी २०७९ चैतमसान्तमा लघुवित्त संस्थाले प्रवाह गरेको कुल कर्जा ३८१ अर्बमध्ये २८ अर्ब (७.४३ प्रतिशत) निष्क्रिय कर्जा रहेको छ । यसरी कर्जामा सामूहिक दायित्वसम्बन्धी नीतिगत व्यवस्थाका कारण समूहमा रहेका अन्य ऋणीसदस्यले चुक्ता नगरेको कर्जाको दायित्व पनि आफूले लिनुपर्ने भएकाले सदस्यहरूले ग्रामीण मोडलको विकल्प खोजेका हुन् ।  सदस्यलाई समूहमा आबद्ध गरी केन्द्रको अवधारणाअनुसार व्यक्तिगत दायित्व हुनेगरी कर्जा प्रदान गर्ने र एउटै समूहमा रहेर कर्जा लिएका ऋणीसदस्यले कर्जा चुक्ता नगरेसम्म अन्य सदस्यको बचत फिर्ता र थप कर्जा प्रदान नगर्ने मोडल यस क्षेत्रका लागि उपयुक्त हुन सक्छ । कर्जामा सामूहिक दायित्व लिनु परेकै कारण संस्थामा आबद्ध रहँदै आएका असल सदस्यहरू निष्क्रिय रहने र संस्थाबाट बाहिरिने, नयाँ सदस्यहरू संस्थासँग आबद्ध हुन नचाहने, सबै ऋणीसदस्यको दायित्व त हो नि भन्ने भावनाले आफूले लिएको कर्जाको सदुपयोग र भुक्तानी गर्न नचाहनेलगायत परिदृश्य यस क्षेत्रमा बढ्दै गएको छ । त्यसैगरी गलत नियत भएका सदस्यले धेरै संस्थाबाट ठूलो मात्रामा कर्जा लिने र बसाइ सरी अन्यत्र जाने वा बेपत्ता हुने प्रवृत्ति बढ्दै जाँदा सदस्यहरूबीच वैमनस्य बढ्दै गई सामाजिक असन्तुलन बढ्नेलगायत समस्या देखिन थालेको पाइन्छ । यसरी आफूले लिएको कर्जाको भार आफूले लिनु स्वाभाविक भए पनि अरूले लिएको कर्जाको भारसमेत आफूले लिनुपर्ने व्यवस्थालाई वैज्ञानिक र उपयुक्त मान्न नसकिने भन्दै कर्जाको सामूहिक दायित्वप्रति सदस्यहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । त्यसैले कर्जामा एकल दायित्व हुनेगरी कर्जा प्रदान गर्नुपर्ने भन्दै सदस्यको चासो त्यसतर्फ बढेको पाइन्छ ।  समूहमा आबद्ध हुने सदस्यहरूलाई प्रदान गरिने विनाधितो कर्जा सामूहिक दायित्वकै कारण तोकिएको समयमा शतप्रतिशत असुली हुने सैद्धान्तिक मान्यता रहेको र सोहीअनुरूप लघुवित्त कार्यक्रम सञ्चालन हुँदै आएको छ । सामान्यतया विनाधितो एकल दायित्वमा प्रदान गरिने कर्जाको असुली सुनिश्चित नहुने भएकाले धितोमा आधारित कर्जा र असुली सुनिश्चित हुनेगरी कर्जा प्रवाह गर्नुपर्छ । यसका लागि सदस्यको अवस्थाअनुसार धितोकर्जा प्रदान गर्ने वा विनाधितो प्रदान गर्ने कर्जालाई स्थानीय निकायसँग जोड्न सकेमा कर्जा असुलीसम्बन्धी जोखिम न्यून गर्न सकिन्छ । कथंकदाचित् सदस्यलाई प्रदान गरिएको कर्जा असुलीमा समस्या आएमा सरकारका तर्फबाट नागरिकलाई प्रदान गरिने विभिन्न सेवासुविधा, बैंक/वित्तीय संस्थासँग वित्तीय कारोबार गर्ने, बसाइँसराइ र राहदानी वितरणको सिफारिशलगायत कार्यमा लघुवित्त कार्यक्रमलाई स्थानीय निकायसँग जोड्न सकेमा व्यक्तिगत दायित्वमा पनि विनाधितो लघुकर्जा प्रदान गर्न सकिन्छ । यससम्बन्धी नीतिगत व्यवस्थाका लागि नेपाल सरकारबाट पूर्ण सहयोगको आवश्यकता पर्छ ।  लक्षित वर्गको घरदैलोमा नै विनाधितो सामूहिक जमानीमा कर्जा प्रदान गर्नुपर्ने भएकाले क, ख र ग वर्गका बैंक/वित्तीय संस्थाको वित्तीय सेवाको तुलनामा लघुवित्तीय सेवाको लागत केही महँगो पर्ने गर्छ । तर, व्यक्तिपिच्छे घरदैलोमा वित्तीय सेवा प्रदान गर्दा लागतमा थप वृद्धि हुने र कर्मचारीको उत्पादकत्व पनि घट्ने भएकाले सदस्यलाई प्रदान गर्ने कर्जाको ब्याजदर थप वृद्धि हुने देखिन्छ । त्यसैले सदस्यलाई समूहमा आबद्ध गरी केन्द्रको अवधारणाअनुसार व्यक्तिगत दायित्व हुनेगरी कर्जा प्रदान गर्ने र एउटै समूहमा रहेर कर्जा लिएका ऋणीसदस्यले कर्जा चुक्ता नगरेसम्म अन्य सदस्यको बचत फिर्ता र थप कर्जा प्रदान नगर्ने मोडल यस क्षेत्रको लागि उपयुक्त हुनसक्छ ।  लघुवित्त संस्थाले ग्रामीण मोडलको माध्यमबाट ठूलो संख्यामा रहेका सदस्यलाई समूहमा आबद्ध गरी वित्तीय सेवा प्रदान गर्दै आएका छन् । विगत ३ दशकदेखि प्रभावकारी रूपमा चल्दै आएको भए पनि सेवाग्राहीको आग्रह र चाहनाअनुसार यो मोडल परिवर्तन गर्न आवश्यक देखिएको छ । यदि उपयुक्त मोडल चयन गर्न सकिएन भने निष्क्रिय कर्जाको मात्रा थप बढ्न सक्ने भएकाले लघुवित्त क्षेत्रमा थप जोखिम निम्तिन सक्छ । त्यसैले यस विषयमा विस्तृत अध्ययन गरी सरोकारवालाबीच सहभागितामूलक विधिबाट माथि उल्लेख गरिएअनुरूपको मोडलको चयन गर्नु उपयुक्त हुने देखिन्छ ।  लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

स्याउ भण्डारणका लागि क्यारेट प्रदान

चन्दननाथ नगरपालिका १ की सिमा खत्रीले स्याउको उपयुक्त भण्डारण अभावमा वर्षेनि घाटा व्यहोर्दै आएको बेला भण्डारकै लागि क्यारेट पाएपछि खुसी व्यक्त गरेकी छिन् । गाउँघरमा भण्डारण गर्ने एक मात्र विकल्पको रूपमा जमिन मुखी खाल्डामा स्याउ खाल्डा हाल्दा र निकाल्दा दाग लागेर कुहिने समस्याले किसान समस्यमा थिए । यस्तो अवस्थामा स्याउ भण्डारणका लागि क्यारेट पाएपछि सिमा […]

जावा लेजेण्डरी बाइकको खरिदमा ज्याकेट र हेल्मेट उपहार

दसैं तिहारको उपलक्ष्यमा जावा मोटरसाइकलले ग्राहकमुखी योजना ल्याएको छ । कम्पनली आफ्ना उत्पादनका नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रफेसनल राइडिङ ज्याकेट तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ ।जावा प्रोफेसनल राइडिङ ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ । […]

मानपदवी दिँदा उपयुक्त व्यक्तिहरुलाई दिईएको भन्दै गृहमन्त्री खाँणको प्रशंसा

काठमाडौं, ४ असोज । संविधान दिवसको अवसरमा हिजो विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका ९ सय ३ जनालाई सरकारे मानपदवी र विभुषण प्रदान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले यसपटक सबै क्षेत्रका व्यक्तित्वहरुलाई समेटेर मानपदवी र विभुषण प्रदान गरेको भन्दै उनको भूमिकाको अहिले प्रशंसा भैरहेको छ । यद्धपी कतिपयले भने मानपदवी दिँदा राजनीतिक गन्ध आएको भन्दै […]

लगानी र व्यापार विस्तारमा परिसङ्घ र बंगलादेशी राजदूतबीच छलफल

काठमाडौँ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरी र नेपाल उद्योग परिसङ्घबीच नेपाल र बङ्गलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने विषयमा छलफल भएको छ । परिसङ्घसँग आज भएको छलफलमा राजदूत चौधरीले बङ्गलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे । नेपाली वस्तुलाई बङ्गलादेश निर्यातका लागि सुविधा प्रदान […]

बङ्गलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य : बंगलादेशी राजदूत

नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरी र नेपाल उद्योग परिसङ्घबीच नेपाल र बङ्गलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने विषयमा छलफल भएको छ ।परिसङ्घसँग आज भएको छलफलमा राजदूत चौधरीले बङ्गलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे । नेपाली वस्तुलाई बङ्गलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको जानकारी दिँदै उनले यसले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने बताए । “नेपाल–बङ्गलादेशले लगानी

चार पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता’ पुरस्कार प्रदान

मोरङ । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस २०७८ को उपलक्ष्यमा चार अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कृत हुने पत्रकारमा गोविन्दचन्द्र क्षेत्री (झापा), गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङ (उदयपुर) र ललित भट्टराई (मोरङ) रहेका छन् । उनीहरुलाई रु एक लाख र सम्मान पत्रद्वारा उपयुक्त […]

रेल आयो, रेल आयो फुस्सा!

धनुषा-महोत्तरी, बारा-पर्सा वा काठमाडौं-ललितपुर बीच रेलसेवा संचालन गर्नु आर्थिक सामाजिक कुनैपनि दृष्टिकोणबाट उपयुक्त हुँदैन। यस्ता एकदमै छोटा दूरीमा रेल चलाउनुभन्दा बरु भृकुटीमण्डप भित्रको बाल रेल सकृयता पूर्वक संचालन गर्नु उपयुक्त हुन्छ होला। यसले कमसेकम मनोरन्जन त प्रदान गर्छ।