काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले हस्तकला उद्योग व्यवसायमैत्री नीति–नियम बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा बिहीवार नेपाल हस्तकला महासंघले आयोजना गरेको २० औं हस्तकला व्यापार मेलामा उनले हस्तकला क्षेत्र नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र भएको बताए। उनले हस्तकला क्षेत्रको सरकारबाटै प्रमुख प्रवद्र्धन गर्नुपर्ने बताए। सरकारका सम्पूर्ण निकायबाट स्वदेशमा उत्पादित हस्तकला वस्तुको उपयोगको वातावरण सिर्जना […]
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक रूपान्तरणका लागि एक्जिट पोलिसी (बहिर्गमन नीति) आवश्यक रहेको बताएका छन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । राजनीतिक दलहरूले एक्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने उनले बताए । राजनीतिमा उमेर नभइ एजेण्डा महत्त्वपूर्ण हुने […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारी वित्त नीतिमा संरचनात्मक सुधार आवश्यक रहेको बताउनुभएको छ । संघीय संसद्को संयुक्त बैठकलाई शुक्रवार सम्बोधन गर्दै उहाँले अर्थतन्त्रमा प्रभाव पार्ने आन्तरिक र बाह्य तत्त्वको समग्र अध्ययन गरेर सरकारको वित्त नीतिमा संरचनागत परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको हो ।
अर्थतन्त्रमा देखिएका तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याको समाधान नखोजी गरिने कुनै पनि क्रियाकलाप सफल नहुने पनि उहाँले बताउनुभयो । अर्थतन्त्रका सूचकहरूमा पछिल्लो समय केही सकारात्मक संकेत देखापरे पनि यसको दिगोपनामा आश्वस्त भइहाल्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार बजारमा देखिएको तरलता अभावको समस्या, लगानीका लागि यथेष्ट स्रोत उपलब्ध हुन नसकेको र बाह्य कारणसमेतले गर्दा उत्पादन क्षेत्र कमजोर बन्दै गइरहेको छ ।
‘कमजोर आर्थिक वृद्धिदर, बढ्दो दरको मुद्रास्फीति र विकराल बन्दै गएको अन्तरराष्ट्रिय व्यापार घाटाको स्थितिलाई सम्बोधन गर्ने प्रमुख पक्ष उत्पादन क्षेत्र कमजोर भएकोप्रति हामी सबै गम्भीर बन्नुपर्छ । हाम्रो अर्थतन्त्रको कतिपय समस्या बाह्य कारणबाट पनि सृजित भएका हुन् । तथापि अरुलाई कारण देखाएर अकर्मण्य बन्ने सुविधा हामीलाई छैन,’ राष्ट्रपति भण्डारीले भन्नुभयो ।
औपचारिक अर्थतन्त्रलाई बढावा दिन र संस्थागत गर्नेतर्फ वित्त नीति निर्देशित हुनुपर्ने सुझाव पनि राष्ट्रपतिले दिनुभयो । सरकारको वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्य कायम गरी एक अर्काको परिपूरकका रूपमा काम गर्नुपर्ने उहाँको भनाइ छ ।
‘दुवै नीतिको कार्यान्वयनबाट आर्थिक क्रियाकलाप चलायमान बन्ने हो । यसमा उपयुक्त सामञ्जस्य खोज्नुपर्दछ । केही समयदेखि बजारमा देखिएको मौद्रिक तरलता संकुचनका कारण बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको छ । यो समस्या हल गर्न तत्काल कदम चालिहाल्नु आवश्यक छ,’ राष्ट्रपति भण्डारीले भन्नुभयो । उहाँले मुलुकका विकास पूर्वाधार आयोजनाको गति सुस्त रहेको भन्दै यससम्बन्धी समस्या सम्बोधनका लागि विद्यमान कानूनमा सुधारको खाँचो पनि औंल्याउनुभएको छ । रासस
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्दै मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको वैकल्पिक जीविकोपार्जनका उपायको उचित व्यवस्थापन गर्न ध्यान पुर्याउनुपर्ने बताएकी छिन्।उनले वन्यजन्तु संरक्षणका क्षेत्रमा विद्यमान नीति र कानुनी व्यवस्थालाई प्रकृति संरक्षणको अभिन्न अंगका रूपमा कार्यान्वयन गर्न सबैको दिगो सक्रियता आवश्यक पर्नेमा जोड दिएकी छिन्।विश्व बाघ दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बाघ विचरण गर्ने वन क्षेत्रक
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उहाँले नीति कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्नुहुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० […]
सरकारले आज प्रतिनिधिसभा र राष्ट्रियसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम पेस गरेकी हुन् । आगामी आर्थिक वर्षको बजेटको पूर्व सन्ध्यामा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।राष्ट्रपति भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उत्पादनमूलक उद्योगलाई विशेष प्राथमिकता दिइएको छ । कार्यक्रममा उद्योग स्थापनाका लागि चाहिने आवश्यक वातावरण बनाउनेदेखि उत्पादन र उपभोगको दशक अभियान सञ्चालन गर्ने सम्मका विषय समेटिएक
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा कायमै रहेको लैङ्गिक बिभेदलाई अन्त्य गर्न आवश्यक नीति र कानूनको निमार्ण गर्दै प्रभावकारी कार्यान्वयनको लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराएकी छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सामूदायिक वन उपभोक्ता महासङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले छाउपडी, बोक्सी, दाइजो जस्ता कुप्रथालाई निर्मुल पार्न नसकेको भन्दै बिभेदलाई अन्त्य गर्न […]