हेटौंडाको नगरसभा सञ्चालन गर्न एमाले सहमत

हेटौंडा : एमालेबाट निर्वाचित बहुमत सदस्यले बहिष्कार गरेपछि शुक्रबार स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा सञ्चालन गर्ने सहमति भएको छ।आइतबार भएको छलफलमा उपमहानगरको ११ औं नगरसभा तथा अधिवेशन सञ्चालन गर्ने सहमति भएको हो। बैठक कार्यविधि संशोधनको माग गर्दै एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा मेयर मिना लामाले शुक्रबारको नगरसभा स्थगित गर्दै आज दिउँसो १ बजेको लागि तय गरेकी थिइन्।एमालेसँगको छलफलमा कार्यपालिकाका सदस्यहरूको उपस्थितिमा भएको प्रतिबद्धतापश्चात् नेकपा एमाले सम

सम्बन्धित सामग्री

‘खोचे’ थाप्दै ओली

काठमाडौं, असार २५ । प्रमुख तीन राजनीतिक दल आइतबार बिहान केही दिनदेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्न सहमत भए। प्रधानमन्त्री कार्यालय सिंहदबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद् बैठक सुचारु गर्ने समझदारी गरे। तीन […]

लुम्बिनी प्रदेश सरकार र विपक्षीबीच सहमति - NepaliPatra

दाङ। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सम्बन्धमा असहमति जनाएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ। बजेटका विषयमा असहमति राख्दै आएकामा प्रमुख प्रतिपक्ष दल सहमत भएपछि आजदेखि बैठक सञ्चालन हुने भएको हो। यसअघि लगातार बैठक अवरुद्ध गर्दै आएको प्रमुख बिपक्षी दलले मङ्गलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाउँदै बजेट पुस्तिकासमेत […]

वैशाखमै स्थानीय निर्वाचन, बिहिबार मिति तोकिँदै

आगामी बैशाखमै स्थानीय तहको निर्वाचन गर्न प्रमुख सत्ता घटक नेपाली काँग्रेस र माओवादी केन्द्र सहमत भएका छन् । वैशाख अन्तिम साता चुनाव गर्ने गरी मिति तोक्न लागिएको हो । ७५३ स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आगामी जेठ ५ गते सकिने भएकाले त्यो भन्दा अगाडी नै नयाँ जनप्रतिनिधि ल्याईसक्नुपर्ने बाध्यता भएका कारण बैशाखमै चुनाव गराउन लागिएको हो । निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा विपक्षी एमाले सहितका दलले जेठ ६ गते नयाँ जनप्रतिनिधि आउने गरी निर्वाचन गराउने गरी मिति तोक्न सरकारलाई आग्रह गरेका थिए । निर्वाचन आयोगलाई चुनाव गराउन मिति तोकिएपछि १२० दिन समय लाग्छ । तर, १२० दिनको समय नराखी १ सय दिन मात्रै राखेर मिति तोक्न लागिएको सरकारका एक मन्त्रीले जानकारी दिए । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्ने ती मन्त्रीको भनाई छ । आयोगले माघ पहिलो हप्तासम्म निर्वाचनको मिति तोक्न आग्रह गरेको थियो । देउवा–प्रचण्ड भेटले गरेको शुभ संकेतयसअघि सम्म बैशाखमै स्थानीय तहको निर्वाचन हुनेमा धेरैले आशंका व्यक्त गर्दै आएका थिए । एमालेबाट विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीले तल्लो तहसम्म कमिटी नै निर्माण गर्न नसकेका कारण उसलाई ‘कम्फर्टेबल’ नभई निर्वाचनको मिति तोकिँदैन भन्ने आशंका पनि थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले त २०५९ साल दोहोर्याउने खेल भईरहेको आरोप नै लगाए । तर, यी सब आशंका र आरोपलाई चिर्दै प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटले स्थानीय निर्वाचन नधेकेल्ने समझदारी गरेको छ । देउवा र प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्ने समझदारी बनेको बताईएको छ ।  ‘संविधानमा उल्लेख भएको व्यवस्थाको खिलापमा जाने कुरा भएन’ प्रचण्डले प्रधानमन्त्रीलाई दिएको सुझाव उधृत गर्दै स्रोत भन्छ, ‘रामचन्द्र जीको नेतृत्वमा रहेको सरकार सञ्चालन संयन्त्रको बैठक राखौँ, गठबन्धनको बैठक पनि राखौँ र एउटा समझदारी बनाएर मिति तय गरौँ । त्यसलाई तपाईले क्याबिनेटबाट सदर गराईदिनुहोला ।’निर्वाचन आयोगले वैशाख १४ र २२ गते गरी २ चरणमा निर्वाचन गर्न सकिने प्रस्ताव गरे पनि बैशाखको अन्तिम तिर मात्रै निर्वाचन गर्ने तयारी सरकारको छ । यदि, बिहीबारको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचनको मिति तोकेको खण्डमा देश निर्वाचनमय हुनेछ ।

डडेलधुरामा छैन एउटा पनि विमानस्थल

अमरगढी । डडेलधुरा जिल्ला साविकको सुदूर पश्चिम विकास क्षेत्रको मध्यबिन्दु रहे पनि अहिलेसम्म यहाँ एउटै विमानस्थल छैन । विभिन्न समयमा विमानस्थल निर्माणका लागि अध्ययन भए पनि कुनै ठोस पहल नहुँदा यस क्षेत्रको पर्यटीय सम्पदा ओझेलमा परेका छन् । नागरिक उडड्यन तथा मन्त्रालयअन्तर्गतको नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जय गौतम नेतृत्वको टोलीले २०७२ सालमा डडेलधुरामा तीन वटा सम्भावित ठाउँमा पुगी विमानस्थलका लागि अध्ययन गरे पनि काम अगाडि बढ्न सकेन् । त्यतिबेला सो टोलीमा सहभागी नेकपा डडेलधुराका नेता डा. तारा जोशीका अनुसार केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री भएको बेला तत्कालीन नेकपा (एमाले) को तर्फबाट उक्त पहलकदमी गरे पनि त्यसका लागि अन्य जिल्लाको सहमत नभएका कारण विमानस्थलको योजना अगाडि बढ्न सकेन । त्यतिबेला जिल्लाका तीन स्थानमा विमानस्थलका लागि अध्ययन टोलीले अध्ययन गरेको हो । प्राविधिक टोलीले डडेलधुरा सदरमुकाम नजिकै जोडिएको अमरगढी नगरपालिका–३ स्थित विरादेई, गन्यापधुरा गाउँपालिका–१ मा पर्ने भागेश्वर सामुदायिक वन असिग्राम र अजयमेरू गाउँपालिका–१ मा पर्ने बकायल गरी तीन ठाउँको अध्ययन गरेको थियो । सम्भावना भएका ती ठाउँमध्ये एब्रो जहाजसम्म सञ्चालनमा ल्याउन सकिने सबैभन्दा उपयुक्त ठाउँ बकायल नै भएको टोलीको निस्कर्ष रहेको थियो । डडेलधुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले हाल पाश्र्वचित्र (प्रोफाइल) तयार गरी विमानस्थल निर्माणको सम्भावना र त्यसले जिल्लामा हुन सक्ने विकासका विषयमा अध्ययन गरिरहेको छ । कमिटेड नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा नगरपालिकाको पाश्र्वचित्र निर्माणको काम भइरहेको छ । पाश्र्वचित्र निर्माणपछि नगरपालिकामा विमानस्थलका लागि गुरुयोजना बनाई प्राधिकरणसँग विमानस्थलका लागि पहल गर्ने नगर प्रमुख विशेश्वरप्रसाद ओझाले बताए । डडेलधुरामा विमानस्थलको उपयुक्त वातावरण भएको र त्यहाँबाट अन्य पहाडी जिल्लामा आवातजावतका लागि पनि एकदमै उपयुक्त हुने उनी बताउँछन् । धनगढीबाट सञ्चालन हुने गेटा विमानस्थलमा हिउँद र बर्खायामको बेला कुहिरोका कारण नियमित उडान नहुने हुँदा समस्या आउने गरेको छ । डडेलधुरामा औसत मौसम राम्रो हुने गरेकाले विमान सेवा नियमित सञ्चालनमा कठिनाइ नहुने उनको भनाइ छ । डडेलधुरामा विमानस्थन निर्माण भई सञ्चालनमा आए यहाँको व्यापार व्यवसायसमेत फस्टाउने डडेलधुरा उद्योग ...

बालुवाटार बैठक : सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधि सभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ।

प्रदेश सरकार र विपक्षीबीच सहमति : आजदेखि बैठक सञ्चालन हुने

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सम्बन्धमा असहमति जनाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ । बजेटका विषयमा असहमति राख्दै आएकामा प्रमुख प्रतिपक्ष दल सहमत भएपछि आजदेखि बैठक सञ्चालन हुने भएको हो ।