काठमाडौं । सरकारले सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ । कोरोनाभाइरसको संक्रमण बढेसँगै सरकारले सार्वजनिक सेवा लिन जाँदा कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णयविरुद्ध अदालतमा रिट दायर भएको हो । अधिवक्ता सल्लु तिवारी र सबिन पोखरेल दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् […]