तिब्बतीयन बौद्ध धर्मअनुसार चार टिचिङ निङ्मा, गेलुक्पा, कग्युपा, सक्यापामा चढाउने केही विशेष खालको कपडाको रूपमा खादाको सुरुवात भएको हो। यो सिल्क मलमल कपडाबाट बनेको पहेँलो, सेतो र विभिन्न रंगमा बौद्ध मन्त्रसहित छापेको कपडाको उपहार हो। खासगरी मान्छे जन्मिएर शुद्ध पारेपछि अर्थात् चोख्याइसकेपछि बिहे, ब्रतबन्ध, छेवार, पास्नी, बिदाइ, स्वागत र कहीँ–कतै मृत्युपछिको सम्मानमा प्रयोग हुने यो […]