वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर महँगो हुने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा बैंकहरूको आधारदर वृद्धि भएपछि कर्जाको ब्याजदरसमेत बढ्ने भएको हो ।
चालू आवको पुससम्मको वित्तीय विवरणमा बैंकहरूको औसत आधारदर १ दशमलव २१ प्रतिशत विन्दुले बढेको छ । २०७७ पुसमा वाणिज्य बैंकहरूको औसत आधारदर ७ दशमलव १९ प्रतिशत रहेकोमा २०७८ पुसमा ८ दशमलव ४० प्रतिशत पुगेको छ ।
आधारदर वृद्धि भएपछि पुराना ऋणीहरूको हकमा क...