सुर्खेतमा नेकपा एमालेको वडा अधिवेशन र पालिका अधिवेशन तोकिएको समयमा नहुने भएको छ। एमाले सुर्खेतले प्राविधिक कारण अधिवेशन गर्न नसकेकाले कार्तिक ९ गते वडा र १५ गते पालिकाको अधिवेशन सारिएको बताएको छ ।पार्टीले वडा अधिवेशनको लागि कार्तिक ६ र पालिका अधिवेशनको लागि ९ गते समय तोकेको थियो । एमाले जिल्ला अध्यक्ष धुब्रकुमार शाहीका अनुसार जिल्ला कमिटीको बैठक ६ गते बसेर थप निर्णय गरिनेछ । यस्तै अधिवेशन सम्पन्न गर्नका लागि समन्वय र सहजीकरण गर्ने प्रतिनिधि तोकिनेछ । पालिका अधिवेशन सम्पन्न गर्न पन