काठमाडौं : देशमा निर्वाचन नजिकिँदै गर्दा आफूहरूले मताधिकारबाट वञ्चित हुनुपरेको भन्दै विदेशमा रहेका नेपालीले दु:खेसो पोखेका छन्। एनआरएनए माल्टाले विदेशमा रहेका नेपालीलाई अझै पनि मतदान गर्ने अधिकार नदिएको गुनासो गरेको हो।एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले देशलाई आर्थिक सम्पन्नताका लागि पहल गर्ने नेपालीलाई मताधिकार नदिने सरकार र निर्वाचन आयोगको प्रवृत्तिले दुखी तुल्याएको बताए।‘२०७५ सालमै सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीका लागि पनि मतदानको व्यवस्था गर्न भन्दै गरेको निर्देशन