चार नेताले बुझाए ओलीलाई नयाँ केन्द्रीय सदस्यको नामावली, सूचीमा चित्त नबुझे निर्वाचन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा कार्यसमिति चयन गर्ने केन्द्रीय समितिले दिएको अधिकार अनुसार जिम्मेवारी दिनुभएका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले अध्यक्ष ओलीलाई बुझाएको सूचीमा वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम क्लस्टर मिलाएर …

सम्बन्धित सामग्री

केपी ओलीलाई प्रचण्डको जवाफ – ‘ठिकै छ, ४ गते हेरौंला’

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मै जवाफ फर्काएका छन्।प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा दाहालले एमाले अध्यक्ष ओलीले ‘मंसिर ४ गते हेरौंला, सबै थाहा हुन्छ’ भनेका थिए।ओलीको उक्त भनाईको जवाफ दिँदै प्रचण्डले –‘हाम्रो प्रतिपक्षी दलका नेताले भन्नुभयो मंसिर ४ गते थाहा हुन्छ, हेरौँला भनेर जवाफ दिएका छन्।

ओलीलाई देउवाको जवाफ–‘परमादेशकै कारण सँगै काम गर्न पाइएको छ’

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको परमादेशकै कारण सँगै काम गर्न पाएको जवाफ दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनिरहनुहुन्छ भन्दै परमादेशकै कारण संसद्मा भेट भएको बताउनुभयो । परमादेश नभएको भए संसदमा सँगै काम गर्न र महत्वपूर्ण विधेयक पारित गर्न नसक्ने देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले सरकारले राम्रो उपलब्धि हासिल गरेको दाबी पनि गर्नुभयो ।

ओलीलाई भेट्न बालकोट पुगे शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

चार नेताले ओलीलाई बुझाएर ३०१ केन्द्रीय सदस्यको सूची

चितवन– नेकपा एमालेको चितवनमा जारी १० औँ महाधिवेशनका क्रममा निर्वाचित हुने ३०१ जना केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओली निकट ४ जना नेताहरुले अध्यक्ष ओलीलाई बुझाएका छन् । शनिबार बन्दसत्रले केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिएको थियो । ओलीले गृहकार्य गरेर सूची तयार पार्न आफू निकट ४ जना नेताहरुलाई जिम्मा दिएका थिए । विष्णु […]

अष्टलक्ष्मी र युवराजले ओलीलाई भेटे, भीम रावललाई मिलाउन सुझाव

एमालेभित्र सहमतिमार्फत १० औँ महाधिवेशनको टुङ्गो लगाउने कि निर्वाचनमार्फत भन्नेमा अन्योल कायमै रहेका बेला १० बुँदे पक्षधर दुई नेताले आइतबार बिहान अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । सौराहास्थित ओली बसेकै होटलमा गएर शाक्य र ज्ञवालीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलसमेतलाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्न ओलीलाई आग्रह गरेका हुन् ।  सो क्रममा उनीहरूले रावलसँग वार्ता गर्न पनि ओलीलाई सुझाएका छन् । जवाफमा ओलीले आफू सबैलाई मिलाएर लैजान तयार रहेको बताउनुका साथै र

प्रधानमन्त्री ओलीलाई भेट्न महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुगेका छन्। आज केहीबेर अघि अध्यक्ष ठाकुर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको ठाकुर निकट नेताले देखापढीलाई बताए। उनले भने, ‘अहिले अध्यक्ष ज्यू प्रधानमन्त्रीसँग वर्तमान राजनीतिक सन्दर्भबारे छलफलमा हुनुहुन्छ।’ २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदा अध्यक्ष ठाकुर पक्षका सांसदहरु तटस्थ बसेका थिए।

माधव पक्षद्वारा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ । नेकपा एमालेको नेपाल-खनाल पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना मागको सुनुवाइ गर्ने सम्बन्धमा सोमबार(भोलि)बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ । आइतबार अपराह्न बसेको बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई माग सम्बोधनका सन्दर्भमा सोमबार बिहान ९ बजेसम्मको समय सीमा दिने निर्णय गरेको नेपाल–खनाल पक्षका एक नेताले बताए ।

महन्थले ओलीलाई भने– 'तपाईंलाई विश्वासको मत दिँदैनौं, अरूलाई पनि सघाउन्नौं'

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसपाले विश्वासको मत दिन नसक्ने जानकारी गराएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका हुन् । जसपाका एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत दिन अनुरोध गरेका थिए। जवाफमा ठाकुरले आफूहरूको माग यस सरकारले पनि पूरा नगरेका कारण विश्वासको मत दिन नसकिने बताएका थिए। ‘हामीले मुद्दा फिर्ता, नागरिकता विधेयक, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरण लगायत...

जसपाका शीर्ष ५ नेताले आजै साँझ प्रधानमन्त्री ओलीलाई भेट्ने

जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ५ नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहीवार बसेको शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आफूहरूको मागबारे छलफल गर्ने निर्णय गरेको जसपा अध्यक्ष महन्थ ठाकुरले लोकान्तरलाई जानकारी दिए । बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू अशोक राई र राजेन्द्र महतो सहभागी थिए । यी पाँचै नेताले प्रधानमन्त्री ओलीलाई भेट्न लागेका हुन् । '...

केपी ओलीलाई पार्टीबाटै निष्कासन गर्ने प्रचण्ड–माधव पक्षको तयारी

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको छ । प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले जानकारी दिए । ती नेताका अनुसार आइतबार बस