प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसपाले विश्वासको मत दिन नसक्ने जानकारी गराएको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका हुन् ।
जसपाका एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत दिन अनुरोध गरेका थिए।
जवाफमा ठाकुरले आफूहरूको माग यस सरकारले पनि पूरा नगरेका कारण विश्वासको मत दिन नसकिने बताएका थिए।
‘हामीले मुद्दा फिर्ता, नागरिकता विधेयक, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिकीकरण लगायत...