कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक

काठमाडौं : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेपछि साविक प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले बैठक बस्दैछ। बैठकमा संसद् विघटन र मध्यावधि चुनाव घोषणाबारे पार्टीका तर्फबाट आवश्यक निर्णय लिन छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्‌। साथै, आगामी रणनीति पनि यही बैठकले तय गर्ने उनले बताएका छन्&zw

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास धुम्बाराहीमा बस्दैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि देउवाले बैठक बोलाएका हुन् । बैठकमा शरणार्थी प्रकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइन्छ । केही समयअघि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले […]

देउवाले बोलाए कांग्रेस पदाधिकारीको आकस्मिक बैठक

२ साउन काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । पूर्व पदाधिकारी पनि सहभागी हुने बैठकमा क्रियाशील सदस्यता छानविन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुने एक नेताले जानकारी दिए । बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी […]

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ः५० मा बैठक सुरु भएको जनाइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमपछि कांग्रेसको आकस्मिक बैठक बोलाइएको हो...

कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रपतिको पछिल्लो कदमबारे निर्णय लिन आज बिहान ९ बजेका लागि आकस्मिक बैठक बोलाइएको छ। कांग्रेसले सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति मार्फत सो जानकारी दिएका हुन्। बैठकमा संसदीय दलका सचेतकहरु पनि उपस्थित…

नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

काठमाण्डाै - नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक आज बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अलोकतान्त्रिक ढङ्गले नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएको भन्दै नेपाली कांग्रेसले हिजो नै विरोध जनाइसकेको छ । बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको विषय  र नयाँ सरकारको सम्भावनाका विषयमा छलफल हुनेछ । बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र प्रभावशाली नेताहरू सहभागी हुनेछन् ।