राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीको इन्टरपोल शाखाले डिफ्युजन नोटिस जारी गरेको छ । डिफ्युजन नोटिस जारी गरेर अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरिएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । डिफ्युजन नोटिस इन्टरपोलमा आबद्ध १३५ मुलुकका इन्टरपोल शाखाले जारी गर्न सक्छ । सो नोटिस अनौपचारिक प्रकृतिको हुन्छ । ‘रेड कर्नर नोटिस’ इन्टरपोल हेडक्वार्टरले नै जारी गर्नुपर्छ । सन्दीपविरुद्धको लागेको बलात्कारको आरोप पुष्टि