दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार प्रकरणका फरार ३ जनाविरुद्ध प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई डिफ्युजन नोटिस जारी गर्न पत्रचार गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले अभियुक्त शैलेश कार्कीलाई अदालतमा बुझाएपछि फरार रहेका तीन जनालाई डिफ्युजन नोटिसका लागि पत्रचार गरेको हो।