काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको छ । केही समयअघि बलात्कारको आरोप लागेका सन्दीप सम्पर्कमा नआए पछि उनविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध १३५ देशले आफ्नो देशमा सन्दीप रहेको फेला पारे […]