काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नगरेसम्म देश नबन्ने बताएका छन् । १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्नहरुलाई राजनीतिक दलले संरक्षण गरेको स्वीकारे । उनले भने, ‘राजनीतिले मुख्य भूमिका खेल्छ । सहकारीमा किन समस्या आयो ? अनुगमन भएन । सहकारी सञ्चालकहरु राजनीतिक दलमा छन् । […]